रामेछापमा तिन जना कृषक पुरस्कृत

रामेछाप । विश्व खाद्य दिवसको अवसरमा कृषि ज्ञान केन्द्र रामेछापले राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट तिनजना लाई पुरस्कृत गरेका छन् । जिल्लामा रहेर कृषि पेशामा लागेका तिनजनालाई मंगलबार कृषि ज्ञान केन्द्र रामेछापले नगद १० हजार सहित प्रशंसा पत्र द्वारा सम्मान गरेको हो ।
पुरस्कृत हुनेमा दोरम्बा गाउंपालिका २ का श्यामवहादुर थापामगर, रामेछाप नगरपालिका ६ का शेरवहादुर तामाङ र मन्थली नगरपालिका १४ का दलवहादुर पाल्पालि खड्का रहेका छन् । दोरम्बाका श्यामवहादुर थापामगर १५ बर्ष अघि सेनाको जागिरबाट निबृत भएर कृषि कर्ममा जुटेका हुन । उनले हरेक बर्ष आफ्नो बगैंचामा नयाँ नयाँ प्रजातिका फलफुल खेति हुर्काएका छन् । उनले । झण्डै १ सय रोपनी क्षेत्रमा फलफुल खेति गरेका छन् ।
रामेछाप नगरपािलका ६ ओख्रेनीका शेरवहादुर तामाङ जुनारबाट सुन्तला र सुन्तलाबाट जुनार वनाउने कला जानेका शेरवहादुर नर्सरी र अन्य वगैंका लागि कहलिएका किशान हुन । त्यसतै गरी केहि बर्ष विदेशमा बसेर गाउँमा फर्केका मन्थली नगरपालिका १४ का किसान दलवहादुर पाल्पाली खड्का भोटनाघीमा चिया सहकारी मार्फत खेति गर्दै आएका छन् । उनले कृषि ज्ञान केन्द्रले चियाको पात सुकाउने मेसिन र चिया प्रशोधित मेसिन दिएपछि खेतिलाई विस्तार गर्ने कार्यमा लागेका छन् उनले तयार पारेको ग्रिन टिलाई वजारीकरण पनि सुरु गरीसकेका छन् ।
कार्यक्रममा उत्कृष्ठ किसानलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले पुरस्कार प्रमाण पत्र वितरण गरेका थिए । उक्त कार्यक्रममा कृषिको सुधारका लागि उत्कृष्ठ किसान छनौट र यसको प्रकृयाका बारेमा कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ लगाएतका अधिकारीले प्रकाश पारेका थिए ।
राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारका लागि केन्द्रले किसानहरुबाट दावि प्रश्तुत गर्नका लागि आव्हान गरेको थियो । उक्त सूचनाका आधारमा जिल्लाका विभिन्न विधाका ६ जना कृषकले पुस्कारको लागि दावि प्रश्तुत गरेका थिए ।