रामेछापमा कोरोना संक्रमित दुईको निधन

रामेछाप । रामेछापमा सोमवार कोरोना संक्रमित दुईजनाको दुःखद निधन भएको छ ।कोरोनावाट निधन हुनेहरुमा सुनापति गाउँपालिका वडा नं २ दिमीपोखरीका ४७ वर्षिय एक पुरुष र रामेछाप नगरपालिका वडा नं ३ साँघुटारकी ६१ वर्षिय एक महिला रहेका छन् । कोरोना संक्रमण भई दिमीपोखरीका पुरुष आफ्नै घरमा होमआइसोलसनमा बसेका थिए, उनको आज बिहान घरमा नै निधन भएको हो ।

त्यस्तै साँघुटारकी महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल रामेछापमा रहेको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको थियो । उनको स्वास्थ्यमा थप जटिल देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले आइतवार मात्रै काठमाण्डौंको ओम अस्पतालमा रिफर गरेको थियो । उनको उपचारको क्रममा आज बिहान नै दुःखद निधन हुन पुगेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए । उनका अनुसार– रामेछापमा कोरोना संक्रमण पुष्टि भएर ज्यान गुमाउनेको संख्या १३ जना पुगेको छ ।

Facebook Comments Box