समुदायमा काँग्रेस रामेछाप । नेपाली काँग्रेसले समुदायमा काँग्रेस अभियान आज बाट सुरु गरेको छ । समुदाय स्तरको कुरा सुन्ने लक्ष्य र उद्देश्य सहित आज देश भर नेपाली काँग्रेस समुदायमा काँग्रेस अभियान लिएर आज बाट १० दिन गाउँ गाउँ जाँदै छ । सो अनुसार रामेछाप जिल्लाको पनि सबै वडामा पुगेर अभियान सञ्चालन गर्ने छ । नेपाली काँग्रेसका जिल्ल सचिव दीपक खड्काले भने“हामीले सबै वडा कार्यालयमा प्रतिनिधि पठाइ सकेका छौँ । सहिद दिवसको अवसरमा पारेर जिल्लाको ६४ वडामा आज विभिन्न कार्यक्रम हुने छ । अन्य कार्यक्रममा जस्तो भाषण गर्ने कार्यक्रम भने पटक हुन्न । समुदायमा रहेका तल्लो तहका नागरिकका कुरा सुनिने छ । नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने छ ।
काँग्रेसको १० दिन सम्म सञ्चालन हुने अभियानमा काँग्रेसले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने छ । काँग्रेसले १० दिन सबै काँग्रेसलाई आफ्नो वडा र समुदाय नछाड्न भनेको छ ।