रामेछापका पाण्डे अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्दै ःमहजोडीद्धारा राष्ट्रिय झण्डा

Written by meropradesh creator

९ कार्तिक २०८०, बिहीबार

रामेछाप । रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका–७ तिलपुङका ३१ वर्षीय प्रकाशराज पाण्डे अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्ने भएका छन् । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जान लागेका पर्वतारोही प्रकाशराज पाण्डेलाई हास्यकलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाई गरेका छन् ।

 

रामेछापका पाण्डे उक्त आरोहणका लागि कार्तिक ८ गते अफ्रिकाको तान्जेनिया तर्फ प्रस्थान गरेका छन् । तान्जेनियामा रहको सो शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो रहेको छ । जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका पाण्डेले गत जुन २८ र २९ मा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल पनि आरोहण गरिसकेका छन् ।

 

पाण्डेले सन् २०१८ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । यस अघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसकेका छन् । उनले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका थिए । सगरमाथा आरोहण पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गरेका छन् । उनले हालसम्म विभिन्न नौ वटा हिमाल आरोहण गरेका छन् ।
पाण्डेले एक वर्ष भित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...