राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ ः कमल थापा

Written by meropradesh creator

८ पुष २०७७, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दाबी गरको छ । अहिलेको संकटको शृजना कम्युनिस्ट र काङ्ग्रेसबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भब नभएको भन्दै थापाले सबै राष्ट्रबादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भइ अघि बढ्न आग्रह गरेको छ ।
कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले काङ्ग्रेस कम्युनिस्टले मुलुक संचालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको बिचार ब्यक्त गर्नु भयो । राजसंस्था र हिन्दुराष्ट्लाई पुनर्स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सकृयताको आबश्यकता भएको समेत राणाको भनाई थियो । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनिले संसदको विघटन अलोकतान्त्रिक र असम्बैधानिक भएको भन्दै सर्बोच्च अदालतको फैसला कुर्नुपर्ने बताउनु भयो । उनले मुलुकलाई असफताको बाटोमा लान खोजिएको ले त्यस्तो हुन नदिन राप्रपा बलियो हुनु पर्ने बताए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पौष १७ गते काठमाडौंमा हुने प्रदर्सनको खाका प्रस्तुत गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...