विराटनगर, युवा उद्यमी गोपाल काफ्लेलाई महामारीको रूपमा फैलिएको कोभिड – १९ को बेला पनि जोखिम स्वास्थ्य क्षेत्रमा विशेष भुमिका खेलेको भन्दै। विराटनगर महानगरपालिका वडा नं. ३ ले सम्मान गरेको छ ।
युवा उद्यमी काफ्लेले कोभिड – १९ को बेला सेनिटाइजर स्प्रे(निर्मुलीकरण) गर्न उल्लेखिनिय भूमिका निर्भाह गरेको भन्दै सम्मान गरेको वडा अध्यक्ष विनोदकुमार बस्नेतले जानकारी दिए । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा उद्यगी गोपाल काफ्लेलाई वडाअध्यक्ष बस्नेतले कदर पत्र र दोसल्ला ओढाएर सम्मानित गरेका हुन ।