मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेश

विराटनगर । प्रदेश नम्बर १का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेश नम्बर १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो ।

आज ढिला बसेको प्रदेश संसद बैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश गरेको हो । मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नु अघि कार्य सूची नै सार्वजनिक गरिएको थियो । कार्यसूचीको अन्तिम बुँदामा नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । आइतबार पनि बैठक अघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश नगर्न दबाब दिएका थिए । तर, प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । सांसद् आङ्वोले अविश्वास प्रस्ताव पेश गर ेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।

Facebook Comments Box