मन्थली नगरपालिका द्वारा १ अर्ब ७ करोड ८५ लाखको बजेट सार्वजनीक

Written by meropradesh creator

१० असार २०७८, बिहीबार

रामेछाप । मन्थली नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ को लागी १ अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ५२ रुपयाँको बजेट सार्वजनीक गरेको छ । बिहिबार नगरपालिकाले आन्तरिक चालु तर्फ ९.८८ प्रतिशत शसर्त तर्फ ५३.७ प्रतिशत र ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३६.४२ प्रतिशत बजेट सार्वजनीक गरेको हो ।
नगरपालिकाका उपप्रमुख माया कार्कीले आज नवौं नगरसभा मार्फत आन्तरिक चालु तर्फ १० करोड ६६ लाख ४ हजार, ससर्त तर्फ ५७ करोड ९१ लाख ६४ हजार ससर्त निसर्थ आयोजना तथा कार्यक्रम तर्फ पुजिगत समेतको लागी ३९ करोड २७ लाख ७० हजार ८ सय ७२ बिनियोजन गरेको बताइन ।
नगरपालिकाले नेपाल सरकार बाट प्राप्तहुने संघिय वित्तिय समिकरण मार्फत २० करोड ३० लाख,प्रदेश वित्तिय समिकरण मार्फत १ करोड ८२ लाख ५२ हजार, प्रदेश राजश्व वाँडफडँ (सवारी साधन कर) ४ करोड १२ लाख १८ हजार ८ सय ७२, राजश्व वाँडफाडँ संघ बाट १० करोड ६६ लाख ४ हजार, संकलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै आन्तरिक स्रोत मार्फत ३ करोड २० लाख, ससर्त अनुदान संघ बाट ३८ करोड २७ लाख, ससर्त अनुदान प्रदेश बाट २ करोड ४९ लाख ६४ हजार, संघ विशेष अनुदान मार्फत ८३ लाख, प्रदेश समपुरक कोष मार्फत ३ करोड, प्रदेश विशेष अनुदान मार्फत ६० लाख, सडक बोर्ड, सामाजिक सुरक्षा भत्ता १७ करोड, गरिब संग विशेश्वर कार्यक्रम ५ लाख फलफुल तथा तरकारी मुल्य श्रृंखला बिकास आयोजना मार्फत १० लाख , संचित कोष मार्फत ५ करोड १० लाख संकलन हुने प्रक्षेपण गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मुग्लिन–नारायणगढ पहिरोमा ६२ यात्रु बेपत्ता ३ हाम फालेर बाच्न सफल -खाजी कार्य जारी

मुग्लिन–नारायणगढ पहिरोमा ६२ यात्रु बेपत्ता ३ हाम फालेर बाच्न सफल -खाजी कार्य जारी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान ३ः३० बजे गएको पहिरोमा परेका ३ जना बस बाट हामफालेर ज्यान जोगाउन् सफल भएका छन् । अन्य ६२ जना यात्रु भने अझै बेपत्ता अवस्थामा रहेका छन् । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेको थियो । चितवनका...

 खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खानामा मात्र हैन ९ लाख ७५ हजारको विल छ पाइप छैन 

 खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खानामा मात्र हैन ९ लाख ७५ हजारको विल छ पाइप छैन 

रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको अर्को खुलासा भएको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना र खाजामा मात्र नभई पाइपमा समेट घोटाला गरेको खुलेको छ ।  गाउँपालिका अध्यक्ष श्रेष्ठको तोक आदेशको आधारमा HDPE  पाइप २२ हजार ९७५ मिटर रु ३६ रुपैंया...

नेपालमा बाढी, पहिरोका कारण ८३ जनाको मृत्यु

नेपालमा बाढी, पहिरोका कारण ८३ जनाको मृत्यु

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ८३ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी...