मन्थली अस्पतालको तेस्रो वार्षिक उत्सव ः विविध कार्यक्रम सहित सम्पन्न

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली नगर अस्पतालले विभिन्न कार्यक्रम गरी तेस्रो वार्षिक उत्सव शनिवार मनाएको छ । अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा खुला म्याराथन प्रतियोगिता, अस्पतालका बिरामीलाई फलफूल वितरण, रक्तदान गर्नका साथै उत्कृष्ट कर्मचारी सम्मान लगायत कार्यक्रम आयोजना गरेको छ । खुला म्याराथन प्रतियोगिता मन्थलीको भैंसेश्वर स्थित रण जोर खोला पुलबाट आकाशे पुलसम्म गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एव नेपाली काँग्रेसका सभापति पूर्णबहादुर तामाङ९कान्छाराम० ले मन्थली अस्पतालको व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकार सँग सहयोगको अपिल गर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्य कान्छारामले अस्पतालको विकासका लागी नगरपालिकाले मात्र सबै खाले विकास गर्न नसक्ने भन्दै सङ्घीय सरकार र प्रदेश सरकारले के गर्न पर्ने हो आफू सरकार सँग अनुरोध गर्न तयार रहेको बताए । 

जिल्लाको सदरमुकाममा रहेको अस्पताल भएकोले रामेछापको सबै स्थानीय तह र दोलखा ओखलढुङ्गा जिल्लाको बिरामीहरूको समेत केन्द्र भएकोले यस अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउन  सबै लागी पर्नु पर्ने बताए । कार्यक्रममा बागमती प्रदेश प्रतिनिधि तारानारायण श्रेष्ठ, युवराज चैलागाई, आनन्द कुमार श्रेष्ठ लगायतले अस्पतालको विकासका लागी आफूहरू लागी पर्नै बताएका छन् ।

त्यस्तै गरी मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले शिक्षा र स्वास्थ्यमा राजनीति कसैले पनि गर्न नहुने बताए । मन्थली अस्पतालको विकासको लागि सबैले सकेको सहयोग गर्नुपर्नेमा श्रेष्ठले जोड दिए । अस्पताल लगायत मन्थली नगरपालिकाका स्वास्थ्य संस्था निर्माणको क्रममा अहिले पनि समस्या भएको बताउँदै उ जनप्रतिनिधिलाई पनि खबरदारी गरिदिन श्रेष्ठले आग्रह गरे ।

मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँले २०७८ माघ २७ गतेदेखि मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रूपमा विकास गरी सञ्चालन गरिएको बताए । अहिले यो मन्थली अस्पतालमा पाँच जना चिकित्सक सहित ५५ जना कर्मचारी रहेको उल्लेख गर्दै अस्पतालले २४ घण्टे इमर्जेन्सी सेवा र शल्यक्रिया सहितको प्रसूति सेवा उपलब्ध गराउँदै आएको बताएका छन्  । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...