मन्थलीमा मनाईयो धान दिवस

रामेछाप । मन्थलीमा रामेछाप बहुप्राबिधिक शिक्षालयले १८ औं राष्ट्रिय धान दिवस मंगलबार औपचारीक कार्यक्रमका विच मनाईएको छ । मन्थली नगरपालिका–१ सानी मदौमा रहेको रामेछाप बहुप्राबिधिक शिक्षालयलको हाता भित्र धान रोपर १८ औं राष्ट्रिय धान दिवस मनाइएको हो । मन्थली नगरपालिका, कृषि ज्ञान केन्द्र रामेछाप र रामेछाप बहुप्राबिधिक शिक्षालयको संयुक्त आयोजना दिवस मनाइएको हो ।
कोरोनाका कारण जारी निषेधाज्ञाको कारण बृहत कार्यक्रम नगरिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दिवस मनाइएको हो । सोमबार सम्म देशभरि कूल २७.१२ प्रतिशत धान रोपिसकिएको कृषि विभागले जनाएको छ । जिल्ला समन्वय समिती रामेछापका संयोजक प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको रोपाई महोत्सवमा खड्काले दिवसको महत्वको बारेमा स्पष्ट पार्दै धानको महत्व नेपालको सन्र्दर्भमा अधिकाँश ठाउँमा उत्तिकै भएकोले पनि दिवसलाई देशको सम्वृद्धिसंग जोड्न सुझाब दिए ।
उनले धानको उत्पादनलाई बढाउनसके मात्र कृषकहरुमा उत्साह जाग्ने भन्दै कृषकहरुको सम्मान गर्न सकेमात्रै दिवसले सार्थकता पाउने विश्वास् ब्यक्त गरे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले धान दिबसको महत्वलाई गाउँ(गाउँसम्म पुर्याइ उत्पादनसंग जोड्न सक्नु पर्नेमा जोड दिए । उनले उपभोगको हिसाबले धानका उपभोक्ताहरु अत्याधिक रहेकोले धानको उत्पादनमा जोड दिन सके यसबाट कृषकहरुले पनि राम्रो आम्दानी गर्ने धारणा राखेका थिए । उनले नेपाल कृषि प्रधान देश भएकाले कृषि व्यवसायलाई सम्मानित पेशाको रुपमा अबलम्बन् गर्न सक्नु पर्ने र त्यसका लागि सरकारले पनि गम्भिरताका साथ काम गर्नु पर्ने बताए ।
कार्यक्रममा रामेछाप बहुप्राबिधिक शिक्षालयलका प्रमुख हरि अधिकारीले सहभागि अतिथिहरुलाई स्वागत गर्दै नेपालको सन्दर्भमा धान दिवसको महत्वका बारेमा प्रकाश पारेका थिए । उनले धानको उत्पादन र सरकारको चासो आदीका बारेमा तथ्यगत रुपमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपालमा धान दिवसको शुरुवात र यसले नेपालको सन्दर्भमा पारेको प्रभावका बारेमा पनि उनले प्रकाश पारेका थिए ।