भ्रष्टचारको आरोपमा मेयर निलम्बित

रामेछाप । व्यापक अनियमितता भएको आरोपमा सिरहाको कल्याणपुर नगरपालिकाकाका मेयर सूर्यनाथ मण्डललाई निलम्बित गरेको छ । केहि समय अगाडि नगरपालिकाका तत्कालीन मेयर सूर्यनाथ मण्डलको छोरा सन्तोष मण्डललाई ५ लाख नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धन कार्यालयको टोलीले पक्राउ गरेको थियो । सो काण्डमा मेयर मण्डलको संलग्नता देखिएपछि उनीविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि मेयर मण्डल निलम्बनमा परेका हुन । उनको मुद्दा विशेष अदालतमा चलिरहेको छ । स्थानिय युबाहरु नगरपालिकामा व्यापक अनियमितता भएको र बिभिन्न विकास निर्माणको काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दा समेत सूचना नदिएको युवाहरुको आरोप छ । नगर सभाबाट पारित भएका निर्णयहरु समेत सार्वजनिक नगरेको भन्दै स्थानीय युवाहरु नगरपालिकाविरूद्ध आन्दोलित बनेको छन् ।
नगरपालिकाको कार्यालयमा व्यापक अनियमितता भएको आरोप लगाउँदै स्थानीय युवाहरुले कार्यालयमा तालाबन्दी समेत गरेको छ । छ बुँदे मागहरु राख्दै कल्याणपुर नगरपालिकाका स्थानीय युवाहरुले नगरपालिकाको कार्यालय भवनमा विहीवार तालाबन्दी गरेका हुन् । अहिले नगर उपप्रमुख रोहिणी यादवले मेयरको कार्यभार सम्हालेकी छिन । उनी पनि भ्रष्टाचारमा लिप्त रहेको र विकासका योजनाहरु विभिन्न शीर्षकको योजना नै सञ्चालन नै नगरी रकम निकास गर्ने गरेको स्थानीय युवाहरुको आरोप छ ।
नगर पालिकाका उपप्रमुख समेत रहेकी कार्यवाहक मेयर रोहिणीकुमारी यादवले नगरपालिकाविरुद्ध भएको आन्दोलनप्रति आफु गम्भीर बनेको बताएकी छिन् । युवाहरुको बूँदागत मागलाई सम्बोधन गर्न वार्तामा बसेको तर केही युवाहरु वार्ताको विचैबाट उठेर नगरपालिकाको कार्यालयमा तालावन्दी गरेको बताइन । यस्मा आफ्नो आपत्ति रहेको उनको भनाइ छ ।

Facebook Comments Box