भागरथीकी आमा भन्छिन्, प्रहरीले भने जस्तो भाइले दिदिको हत्या गरेको हैन

बैतडी । भागरथी भट्टकी आमा द्रोपती भट्टले भागरथीको हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेको युबकले भागरथीको हत्या गरेकोमा आफुलाई विश्वास नभएको बताएकी छिन । बुधबार भागरथीको घर पुगेका एनपी साउद सहितका नेपाली कांग्रेसका नेतासँग भागरथीकी आमा द्रोपतीले भागरथीको हत्या अहिले प्रहरीले समातेको युबक दिनेशले गर्न नसक्ने भन्दै दिनेशले अरुले सिकाएको कुरा मात्र भनेको हुन सक्ने आशंका व्यक्त गरेकी छन् । भागरथी भट्टकी आमाले भागरथी र ती किशोर दिदीभाई भएको बताउँदै भाइले दिदीको हत्या दिनेशले गरेको कुरामा आफू विश्वस्त नरहेको बताएकी हुन् ।

भागरथी भट्टकी आमाले भनिन ‘घटना भएको दिन दिनेश ४ बजे घर आएको थियो अनी उसलाई मैले भागरथी आइन भनेर सोधेकी थिए दिदि खोइत भनेर उसले देखिनँ भन्यो । आज उही मान्छे मैले हत्या गरेको हुँ भन्दै छ कसरी पत्याउनु मलाई बिश्वास छैन ।’ उनले भनिन्, ‘उ त भागरथीको भाइ हो । मेरो छोरो पर्छ । छोरी जेठी हो । दिनेश कान्छो हो । उभन्दा छोरी ठूली थिइ । एक्लैले कसरी मार्यो भागरथीलाई ?’ भागरथीकी आमाले दिनेशले अरुले सिकाएको कुरा मात्र भनेको हुन सक्ने आशंका व्यक्त गरेकी छन् ।

Facebook Comments Box