रामेछाप । अरुणोदय मावि सैपुमा आयोजना गरिएको भलिवल प्रतियोगीतामा ओखलढुंगालाई पछी पार्दै रामेछापको चण्डेश्वरी माविले जित हात पारेको छ । जिल्लाकै ठूलो धन राशी भएको भलिवल प्रतियोगिता रामेछापको चण्डेश्वरी मावि गाठपानीले ग्रामोदय युगकवि सिद्धिचरण मावि ओखलढुंगा लाई पछी पार्दै जित हात पारेको हो ।
चण्डेश्वरी मावि गोठपानीले १६ वटा टिमलाई पछि पादै प्रथम हुन सफल भएको हो । प्रथम हुने टिमले एक लाख रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी प्रतियोगीतमा पचास हजार नगद जित्दै ओखलढुंगाको ग्रामोदय युगकवि सिद्धिचरण माविक द्धितिय र तीस हजार नगद जित्दै आयोजक अअरुणोदय मावि सैपु तृतिय भएको छ ।
चौथो पुरस्कार कालिका मावि मानेभञ्ज्याङले सान्त्वना पुरस्कार जितेको छ । खेलमा १७ टिम सहभागी रहेको अरुणोदय माविका प्रअ सन्तोष पौडेलले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...