बैंकका प्रमुखसँग डिएसपीकाे छलफल

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नबराज ढुंगानाले सदरमुकाम मन्थली भित्र रहेका बैंकका प्रमुखसँग सुरक्षाको बिषयमा छलफल गरेका छन् ।
प्रहरीले सदरमुकाम मन्थली बजारमा हुने विभिन्न अपराधिक क्रियाकलाप हुन नदिन के–कस्ता बिषयमा काम गर्न सकिन्छ भनेर वित्तिय संस्थाका प्रमुखहरुसँग छलफल चलाएको हो । वित्तिय कारोबार धेरै हुने मन्थलीमा प्रहरीले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत सम्भावित अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ र वित्तिय संस्थाको सुरक्षाको समस्याको बिषयमा समेत अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
मन्थलीमा मात्रै सरकारी र निजि गरि एकदर्जन भन्दा बैंकहरु संचालनमा रहेका छन्, भने अन्य बैंकहरु खुल्ने तयारीमा छन् । खोलिएका सबै वैंकहरुमा सुरक्षागार्ड राखिएको भएता पनि आउने सम्भावित अपराध र बैंकिङ क्षेत्रले अपनाउनु पर्ने सुरक्षा रणनितीका बिषयमा कार्यक्रममा सहभागी बैंकका प्रमुखहरुसँग छलफल चलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
सदरमुकाम मन्थलीभित्र हुने विभिन्न अपराधिक घटनाहरु हुन नदिन मन्थली नगरपालिका र रामेछाप उद्योग वाणिज्य संघले विभिन्न स्थानमा ३८ वटा सिसीक्यामेरा समेत जडान गरेको छ । यसवाहेक मन्थली नगरपालिकाले यसवर्ष भैश्वेश्वर चोक देखी आकाशेसम्म विभिन्न स्थानमा सिसीक्यामेरा थप गर्न आवश्यक गृहकार्य अघि वढाइएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिए ।

Facebook Comments Box