प्रतिनिधिसभा बिघटन गरेर ओलीले अपराध गरे– श्रेष्ठ

रामेछाप । कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेर अपराध गरेको नेकपा रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठले बताएका छन् ।
सो कुरा उनले सोमवार मन्थली नगरपालिका वडा नं–११ गेलुमा पूनर्निमार्ण भएको सुविधा सम्पन्न मनकामना माध्यमिक विद्यालयको आधुनिक पक्की भवन एक कार्यक्रमको बिच उद्घाटन गर्ने क्रममा बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा पूर्नस्थापना हुनुपर्ने र आगामी दुईवर्ष पछि मात्रै निर्वाचन गराउनु पर्ने हुन्छ । अहिलेको अवस्थामा कुनै पनि राजनितिक दलहरु निर्वाचनमा सहभागी हुने अवस्था छैन् । त्यसैले सडकवाटै आफ्नो पार्टीले प्रतिनिधिसभा पुर्नस्थापना गरेरै छाड्ने श्रेष्ठले जनाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरि अहिलेको संघियता र गणतन्त्र नै धरापमा पारेको भन्दै यदी संघियता र गणतन्त्र गयो भने राजनितिक दलका नेताहरुको राजनिति गर्ने स्थान नै समाप्त हुने भन्दै यसलाई बचाउन सवै नागरिकहरु लाग्नु पर्ने सदस्य श्रेष्ठले जानकारी दिए । उनले भने– गाउँका नागरिकहरु पहिला कालोपत्रे सडक हेर्न शहर पुग्नु पर्ने वाध्यता थियो । त्यो अहिले गाउँमै देख्न सकिन्छ, विद्युतीकरण नभएको स्थानमा विद्युतीकरण भएर झिलिमिली भएको भन्दै आफ्नो कार्यकालमा धेरै विकास गाउँमा गरेको बताए ।
२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पवाट क्षतिग्रस्त भएको सो विद्यालय नेपाल सरकार पूनर्निमार्ण प्राधिकरण द्धारा पून निमार्ण सम्पन्न भएपछि उक्त विद्यालय भवन एक समारोहका विच रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सभासद तारानारायण श्रेष्ठको विशेष आतिथ्यतामा उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।


गेलुको मनकामना माध्ययमिक विद्यालय पूनर्निमार्णको लागि कुल ८ करोड ३ लाख ८३ हजार ३५ रुपैयाँको लागतमा निमार्ण सम्पन्न गर्ने गरि शर्मा खानी जेभीले निमार्ण कार्यको जिम्वेवारी पाएका थिए । निमार्ण सम्पन्न भएको तीन तले पक्की भवनमा सुविधा सम्पन्न कक्षा कोठा, खानेपानी, छात्राछात्रको लागि छुट्टा–छुट्टै शौचालय, पुस्तकालय, खेलमैदान, वगैँचा, भान्सा घर लगाएतका कोठाहरु निमार्ण भएका छन् ।
पूनर्निमार्ण सम्पन्न भएको आधुनिक भवन हस्तान्तरण कार्यक्रम मनकामना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमवहादुर थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिका वडा नं–११ का वडा अध्यक्ष भिमवहादुर मगर, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख निर्मल घिमिरे, मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथाेकी र नेपाल पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष रमेश ढुगेल लगाएतका वक्ताहरुले समेत आ–आफ्नो धारणा राखेका थिए ।

Facebook Comments Box