पौडेलको नेतृत्वमा काँग्रेसले जाजरकोटमा १ सय अस्थायी आवास निर्माण सम्पन्न

Written by meropradesh creator

१० मंसिर २०८०, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले १ सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।

पार्टीको निर्णय अनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको थियो । टोलीले शुक्रबारसम्म श्रमदान गरेर १ सय वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको नेपाली काँग्रेस महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौँ आइपुगेको छ । टोलीमा पौडेलसहित दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए ।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो । कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णय अनुसार अन्य टोली पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको छ ।

नेता पौडेलका अनुसार टोलीले १ सय वटा अस्थायी घर निर्माणमा श्रमदान गरेपनि आवासका लागि चाहिने जस्तापाताको अभावका कारण स्थानीय स्रोत साधनको प्रयोग गरेर सुरक्षित बनाउने कार्य भएको बताएका छन् । आवास निर्माणको सरकारी मापदण्ड बनेपनि सो अनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।

यसैबीच काँग्रेस नेता पौडेलले पुनर्निर्माण बारे विभिन्न १० बुँदे सुझाव पनि दिएका छन्

१, सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउनु पर्ने ।
२, भूकम्पले क्षतविक्षत भएका घर गोठ तत्काल सफा गरेर ( पूर्ण रूपमा भत्किएका घर सफाइ गर्न तथा आंशिक रुपमा क्षति भएका घर भत्काउन जनशक्तिको ठुलो अभाव रहेको ) सुरक्षाकर्मीको प्रयोग गरी मुचुल्का तथा आवश्यक प्रक्रिया पूरा गरी टहरा निर्माणका लागि सहजीकरण गर्नुपर्ने ।
३, टहरा निर्माणका लागि ठुलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने ।
४, चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने ।
५, भूकम्पका कारणले प्रभावित भएका बालबालिकाको नियमित अध्ययन अध्यापन सुचारु गर्न अस्थायी संरचना तथा विद्यालय पुनर्निर्माण तत्काल गर्नुपर्ने ।
६, स्थानीय युवालाई आर्थिक गतिविधिमा जोड्न योजना निर्माण गर्ने तथा आर्थिक सहयोग, अनुदान र सहुलियत ऋण उपलब्ध गराउनु पर्ने ।
७, जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपर्ने ।
८, भूकम्पबाट हुन सक्ने जोखिम कम गराउन भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न आवश्यक जनचेतना तथा प्राविधिक सहयोग गर्नुपर्ने तथा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने ।
९, पुन निर्माण तथा नागरिकको स्थायी घर निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने ।
१०, गरिबीको रेखा मुनि रहेका नागरिकलाई भइपरी आउने आपत् विपत्मा सहयोग गर्न तथा सरकारको आभास हुने गरी दीर्घकालीन व्यवस्थापनका योजना निर्माण गर्नुपर्ने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...