नेपाल शिक्षक संघको प्रतिनिधि सभा

रामेछाप । नेपाल शिक्षक संघको खाँडादेवी गाउँपालिका स्तरीय स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ ।
सभाको नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य डा. सुमन कर्माचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै डा. कर्माचार्यले नेपालको गणतान्त्रीक आन्दोलनमा पेशाकर्मीहरुको महत्वपूर्ण योगदान रहेकाले गणतन्त्रको रक्षाका लागि पनि त्यत्तिक्कै भुमिका हुने हुँदा यसको रक्षाका लागि पनि सवै एक भएर लाग्नु पर्नेमा जोड दिए ।
संघका स्थानीय गाउँपालिकाका अध्यक्ष पदमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभामा नेपाली काँग्रेस खाँडादेवी गाउँ पालिकाका सभापति तेज घिसिङ्ग, पत्रकार हिमाल ढुंगेल, नेपाल शिक्षक संघका हरिनारायण श्रेष्ठ, शिक्षक महासंघका खोमलाल श्रेष्ठ, शिक्षकहरु मनोज बुढाथोकी, पदम श्रेष्ठ लगायतका बक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा उक्त गाउँ पालिकाका ९ वटै वडाका नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रमको अवसर पारेर निवृत्त शिक्षक रामप्रसाद पौडेललाई सम्मान समेत गरिएको थियो ।