नेपाल राष्ट्र असफल सन्निकट छ !

Written by meropradesh creator

९ भाद्र २०८०, शनिबार

हामीले एक सय चार वर्ष राज गरेका जहानियाँ राणा शासन फ्याँकेर आधुनिक नेपाल तथा समुन्नत नेपाल निर्माणका खातिर जनताका आधारभूत आवस्यक्ता पूर्ति गर्न उच्चतम मौलिक लोकतान्त्रिक  मूल्य र मान्यता प्राप्त गर्न मानव अधिकारको अनुभूति गर्न मौलिक हक कायम राख्न र न्याय सम्पादनका उच्चतम प्रतिफल प्राप्तिका हेतु लाखौँ नेपाली जनताले आफ्नो रगत बगाउँदै यो अवस्थामा आइपुगेको सर्बबितिदै छ ।
हजारौँ शहीदहरूले आफूलाई अधिनायकवादका सामु सुलीमा चढाएर सुन्दर नेपालको कल्पनामा आफूलाई हाँसी हाँसी बलिदान दिए । तर विभिन्न अधिनायकवाद विभिन्न समस्याहरू झेल्दै बहुत दुख कष्ट र पीडा सहेर ल्याएको यो लोकतन्त्रमा साँच्चिकै भुईँ मान्छेहरूले यो सर्वोत्तम लोकतान्त्रिक व्यवस्थाप्रति गर्व गर्न सकेका छन् त ?
 निस् चयनै बडो दुखका साथ भन्नुपर्छ यो उच्चतम लोकतान्त्रिक व्यवस्थामा पनि अझै देश भुईँ फुट्टा वर्गहरूकै चङ्गुलमा फसिरहेका छन् देशमा यतिखेर भुइँफुट्ट वर्गहरूकै हालीमुहाली छन् । व्यवस्था फेरियो व्यक्ति फेरियो तर देशको अवस्था जिउँका तिउँ छन् । अझ यो उच्चतम लोकतान्त्रिक व्यवस्थामा साङ्गठनिक हिसाबले भ्रष्टाचार र बेथिति मौलाउँदै गएको छ । यो घट्नुको साटो अरू बडेर गएको डरलाग्दो अवस्था छ ।
हात्ती छाप चप्पल पट्काउँदै सहर पसेको नेताहरू छोटो समय भित्र आलिसान महल र करोडौँ का गाडी चढ्ने हैसियत कसरी भयो ? आफन्तको डेराबाट बसेर लोकसेवाको परीक्षा दिएर पास गरेका शाखा अधिकृत तथा नायव सुब्बाहरू आलिसान बङ्गला बस्ने कसरी भयो ? उसले पाउने सेवा सुविधा बाट परिवार पाल्न र बालबच्चा पढाउन मुस्किल छ ।
 पञ्चायती व्यवस्थामा पनि भ्रष्टाचार नभएको होइन राजाहरू र तिनका आसे पासे हरूले राज्य ब्रह्म लुट गरेको नकार्न सकिन्न भलै विकासका पूर्वदार तयार हुन सकेनन् मौलिक हक र मानव अधिकार तथा लोकतन्त्रको उपयोग गर्न बन्देज थियो तर यो लेबलको भ्रष्टाचार चैँ थिएन भन्न सकिन्छ ।
२०४६ सालको बहुदलीय व्यवस्थाको आगमनको सुरुवाती चरणमा कहिँकतै लुकिछिपी थोरै थोरै भ्रष्टाचार भएको भए पनि २०६२÷६३ सालको गणतन्त्र बाट चरम मौलाएको देखिन्छ यद्यपि मानव तस्करी देखि विभिन्न तस्करी त संयम राजा महाराज हर लेनै नेपालमा सुरु गरेको थियो । युवराज ज्ञानेन्द्र हुँदा नेपालमा पुराना मन्दिर मूर्ति र विभिन्न ऐतिहासिक सम्पदाहरू विदेशमा बेचिएका समाचारहरू आउँथे भारत गुरुङ तत्कालीन प्रहरी महानिरीक्षक डिबि लामाहरू विभिन्न तस्करी र सुन काण्डमा जेलमा बसेको सर्बबितिदै छ  । मानव तस्कर देखि विभिन्न ऐतिहासिक सम्पदा र सुन तस्करी त राजा महाराजहरूकै सग्लग्नतामा निर्बाध हुन्थ्यो यो कोही बाट छिपेको अवस्था होइन । विगत देखिनै नेपाल तस्करीहरूको ट्रान्जिट पोइट थियो भन्दा फरक पर्दैनन्  ।
अहिले विभिन्न तस्करी सङ्गै  यत्रतत्र सर्वत्र भ्रष्टाचार पनि चरम व्याप्त छ मन्त्रालयको कुना कुना अदालतको चेप चेप र भित्ता भित्ता देखि वडा तहसम्म भ्रष्टाचार दुङदुङ गनाइ रहेका छन् । सुशासनको घाम उदाउने सम्भावना छैन विभिन्न कालखण्डमा घटेका भ्रष्टाचारका काण्डै काण्डले दूषित छ हाम्रो देश । यति काण्ड, ओम्निकान्ड, कोभिडको समयमा पनि स्वास्थ्य सामग्री खरिद काण्ड, ललित निवास काण्ड, माओवादी लडाकु शिविर घोटाला काण्ड, भुटानी शरणार्थी काण्ड, यस्ता अनगिन्ती काण्डहरू देखि अहिले चर्चित एक सय सुन काण्डसम्म आइपुग्दा के भन्न सकिन्छ भने नेपालका सम्पूर्ण समेन्त्रनै भ्रष्टाचार मा संलग्न छन् ।
साथै तेस्का मतियारका रूपमा ठुलाठालु राजनीतिक दलका शीर्ष तहका नेताहरू र उसको छोराछोरी संलग्न छन् भन्ने पुष्टि भइसक्यो । अवस्था यस्तो सम्म छ कि सडकमा बाटोमा मेलामा वा कहिँकतै भोज भतेरमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनेहरूको रवाफ हेर्न लायक छन् तिनीहरू कहिनँ कहीँ राजनीतिक पार्टीका शीर्ष तहका नेताहरूका आशीर्वाद प्राप्त छन् ।
समाजमा उस् कै दादागिरी चलेको हुन्छन् उनीहरूको विरुद्ध चुइँक्क बोल्ने ल्याकत कसैको छैन सोजा सिधा इमानदार नैतिकवान् र चरित्र वाण मान्छेहरू लुकेर साइट लागेर बसेको हिँडेको र लुकेर खाएको अवस्था देखिन्छ । मानौँ यो देश भ्रष्टाचार र तस्करीका लागि उर्वर भूमि हो र दुनियाँले यस रिनै हाम्रो देशलाई बुझ्ने अवस्था छ ।
 भ्रष्टाचारको बारे राजनीतिक शीर्ष नेताहरू अरूको कुरा आउँदा चर्को आवाज निकाल्दै कारबाही हुनुपर्छ भन्ने आफ्नो कुरा गर्दा यकसय चार डिग्रीको जरो आउने आफ्नो पालामा भएको भ्रष्टाचार र राज्य दोहन लुकाउने अरूले गरेको भ्रष्टाचार खोतल्ने र मञ्चहरूमा चर्को राष्ट्रवाद चर्को भ्रष्टाचार विरोधी हुन खोज्ने यो बेइमानीको चरम नमुना भन्न हिच्किच्याउनु पर्दैन ।
न्याय सम्पादन भ्रष्टाचारलाई न्यूनीकरण र नेपाली जनतालाई समृद्धि बनाउने कुनै रोडम्याप ल्याउने त परै जाओस् सत्ता कसरी जोगाउने सत्तामा कसरी पुग्ने भन्ने ध्यान मा सम्पूर्ण शक्ति लगाउनु राजनीतिक पार्टीहरू सत्ता ढाल्ने सत्तामा जाने खेलमा लाग्नु र भ्रष्टाचार देखि भ्रष्टाचार सम्मको गोल चक्कर लगाउनु यो दुखदायी कुरा हो । अझ सुन काण्डमा पक्राउ परेका विदेशी तस्करहरूलाई कर्मचारीहरूकै सेटिङ्मा काभ्रे जिल्लाबाट नेपाली नागरिकता जारी भएको कुरा आइरहेका छन् । यसको निरन्तरले अन्ततः कुनै खाले अधिनायकवाद जन्मिने आधार भूमि तयार गर्नु नै हो ।
 आज लाखौँ युवाहरू प्रदेश पलायन छन् देशभित्रै केही हुन्छ र एक छाक मिठो मसिनु खान जुर्छ भन्ने विश्वास एक इमानदार युवाहरूलाई फिटिक्कै विश्वास छैन अन्ततः रोगी बृद्बृदा अवस्थाका आमाबुवा तालाबाला श्रीमती छोडेर बिदेसिन बाध्य छन् ।
देशभित्रै गरिखाने वातावरण निर्माण छैन रोजगारका लागि उद्योग कलकारखाना खुल्ने सम्भावना छैन भएका उद्योगहरू पनि बन्द हुने परिस्थिति छ । आज सानातिना व्यापार व्यवसाय धराशायी भएका छन् वैदेशिक ऋण बढ्दो अवस्थामा छन् भने व्यवसायीहरू बैङ्कको ऋण तिर्न नसकेर लाखौँ व्यापारी कालो सूचिमा परिरहेका छन् । कयौँ व्यापारीहरूले आत्महत्याको बाटो समाउन अभिसप्त छन् । यही परिस्थिति कायम रहे थुप्रै व्यापारी र व्यावसायिक व्यक्तिहरू यस्तै आत्महत्याको बाटोमा जाने सम्भावना अधिक बढेर गएको देखिन्छ ।
देशको नीतिहरू धनीलाई झन् धनी र गरिबलाई झन् गरिब बनाउन उद्धत छ यसको सुधारका लागि केही नेताहरूले बोल्ने गरीपने तत्काल त्यो आसालाग्दो परिणाम आउने सम्भावना बिलकुलै छैन । जतिपनी नीति बन्छन् त्यो माफिया दलाल र भ्रष्टाचारलाई उन्मुक्ति हुने गरी कानुन निर्माण भइरहेका छन् ७०% किसान रहेको नेपाल कृषिमा आत्मनिर्भर हुन सक्ने वातावरण छैन । आज कृषिका नाउँमा करोडौँ अनुदान झोले किसानले प्राप्त गरे सही किसानले त अनुदानको के कुरा उसले उत्पादन गरेका कृषि उपज बजारसम्म लगेर बेच्ने परिस्थिति छैन । उसले आफ्नो लागतको मूल्य पाउने स्थिति छैन । कृषिमा पनि बिचौलियाको हालीमुहाली छन् । गोलभेँडा उत्पादन गर्ने किसान सधैँ उस्तै छन् । गोलभेँडा बेच्ने व्यापारी रातारात धनी भैसकेका छन् । यो अमिल्दो कुरा सरकारको आँखाले नदेखिएको किमार्थ होइन होला ।
समयमा मल बिउ बिजन पाउने सम्भावना बिलकुलै छैन यतिखेर नेपाली जनता चरम महँगीको मार खेप्न बाध्य छन् लाखौँ हेक्टर कृषि योग्य भूमि भएको नेपाल अनि ७०% किसान भएको देशमा नेपाल सरकार भूमि माफियालाई जमिन उपलब्ध गराउने वातावरण तयार गरेर कृषि उत्पादनमा नलागेर नालायक सरकार भारतलाई चामल पठाइ देऊ भनेर दयाको भिख माग्नु लज्जाको विषय हुनुपर्ने हो । सरम लाग्नुपर्ने हो । राज्यले उपलब्ध गर्नुपर्ने न्यूनतम आधारभूत आवस्यक्ता भनेको स्वास्थ्य शिक्षा र रोजगारको ग्यारेन्टी हो । यो तिनै चिज दलाल र माफियाको हातमा सुम्पेर सरकार मस्त चिर निन्द्रामा सुत्नु हामी नेपालीहरूको नियति भएका छन् । जतासुकै बेथितिको चाङ लागेको छ । यस लाइ सिनित्तै सफा गरेर आसाको किरण छर्ने नेतृत्व आजको अति आबस्यक्ता हो  ।
तर राजनीतिक बजारमा केही सीमित नेताहरू यो अभियानमा लागेपनी हरेक राजनीति पार्टीका शीर्ष तहका नेताहरू आफ्ना भ्रष्टाचारीलाई जोगाउन उद्धत देखिन्छ । भ्रष्टाचारीलाई कारबाही गर्ने त कुरै छैन हालै सिआइबिले ललित निवास काण्डमा बयानका लागि तयारी गर्दा तेस्रा मुछिएका नेताहरूको बयान रोकिनु वा औपचारिकता निभाउनैका लागि यसो बयान लिएको जस्तो टोपल्ने जस्तो हुनु घोर आपत्ति जनक त छदै छ ।
 भुटानी शरणार्थी काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको सरुवा गर्नु सुन काण्डमा सिआइबिले छानबिन गरिरहेकामा उसलाई  विश्वास नगरेर उच्च छानबिन आयोगको माग राख्दै सांसदलाई चल्न नदिनु घोर आपत्ति मात्र होइन निन्दनीय र खेद जनक छन् । आरोप र प्रत्यारोपका सिलसिला बढाउँदै आफू सुध्रिनुको साटो बर्तमन भ्रष्टाचार र बेथितिका डङ्गुर परिघटनालाई ढाकछोप गर्ने तरिकाले विभिन्न समस्यासँग झेलिरहेका समाजलाई थप दूषित बनाउनु हो । विदेशीका सामु अरू सिर निहुरिनु पर्ने वातावरण बनाउनु हो ।
 नेकपा एमाले र नेकपा माओवादीमा तत्काल नेतृत्वले गलत गरेमा वा नेतृत्व भ्रष्ट भएमा उसको विरोध गर्ने नेता कार्यकर्ता तयार हुने वातावरण छैन नेतृत्वले जस्तोसुकै निर्णय गरे पनि जुनसुकै सङ्ग मिल्ने भने पनि चुपचाप तेस्लाइ स्युकार्नुको विकल्प छैन ती पार्टीभित्र विवेक प्रयोग गर्ने र आफ्नो मत व्यक्त गर्ने कार्यकर्ता हरूमा छुट छैन । तर नेपाली काङ्ग्रेसका आम कार्यकर्ता र शेखर कोइराला महामन्त्री द्वय गगन थापा विश्व प्रकाश शर्मा गुरुराज घिमिरे जगदीश नर्सिङ के सी चन्द्र भण्डारी लगायत थुप्रै नेताकार्यकर्ताहरु यो भ्रष्टाचार बेथिति रोक्नुपर्छ निराशामा रहेका आम जनतामा आसाको किरण सञ्चार गर्नुपर्छ भनेर लागिरहेका  छन् तर यो पर्याप्त छैन  ।
अलि कडा प्रस्तुत हुन खोज्यो भने भ्रष्टाचारका मतियारहरू अरू कुनै नयाँ परिघटना निर्माण गरेर विषय अन्तै डाई बड गरिहाल्छन् यो बर्छौ वर्षदेखि यस्तै सिलसिला क्रमिक चलाउँदै आइरहेका सर्बबितिदै छन् । अब यो भ्रष्टाचार तस्करी र तमाम बेथितिहरूका क्रमभङ्ग नितान्त जरुरी छ सहर सहर वाट गाउँ गाउँबाट टोल टोलबाट भ्रष्टाचारको विरोध बुलन्द गर्नुपर्छ । भ्रस्टाचारिहरुलाइ सामाजिक बहिष्कार गर्नुपर्छ भ्रष्टाचारीहरूको कुनै जात लिङ्ग समुदाय र पार्टी हुँदैनन् । उनीहरू छेपारोले जस्तै समयानुकूल रङ फेर्न सक्ने छेमता हुन्छन् भ्रष्टाचारी तपाईँको आफन्तै भए पनि उ अन्ततः देश खाने धमिरा हो । भ्रष्टाचारी तपाईँको घरभित्रै हुन सक्छन्  भ्रष्टाचारी तपाईँको समुदायभित्र हुन सक्छन् भ्रष्टाचारी तपाईँको आसपास हुन सक्छन् भ्रष्टाचारी तपाईँको पार्टीभित्र हुन सक्छन् पहिचान गर्नुहोस् र भ्रष्टाचारीलाई बहिष्कार गर्नुहोस् । तपाईँको छेउमा पर्न नदिनु होस अन्ततः तत्काल तपाईँलाई बेफाइदा भए पनि कालान्तरमा देशले समाजले तपाईँको भूमिकालाई सलाम गर्ने छन् भन्नेमा दुई मत छैन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नगरप्रमुख नकर्मीको निधन ( कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

नगरप्रमुख नकर्मीको निधन ( कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

काठमाडौंको । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गए राति उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भएको हो । नगरप्रमुख नकर्मीको निधन भए संगै किर्तिपुर नगरपालिकालु शोक बक्तव्य जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले नगरपालिका भर...

रामेछापमा पहिरोका कारण तीन किशोरीको ज्यान गयो

रामेछापमा पहिरोका कारण तीन किशोरीको ज्यान गयो

रामेछाप । पहिरोका कारण गोकुलंगा गाउँपालिका–६ फर्पुमा एकै घर परिवारका तीन किशोरीको ज्यान गएको छ । बिहीबार साँझ आएको अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुरिँदा विमान तामाङकी एक छोरी र दुई नातिनीको ज्यान गएको वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो...

विमान दुर्घटना ( मृतकको शव परीक्षण सुरु, एउटा शव चिन्न चार घण्टा लाग्ने

विमान दुर्घटना ( मृतकको शव परीक्षण सुरु, एउटा शव चिन्न चार घण्टा लाग्ने

काठमाण्डौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाहरूको शव परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु भएको हो ।अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चारवटा शव परीक्षण...