नेपाल जेसिजको क्षेत्र ‘ग’ सम्मेलन २०२१, मन्थलीमा हुदै

रामेछाप । नेपाल जेसिजको क्षेत्र (ग) सम्मेलन रामेछापको मन्थलीमा हुने भएको छ । नेपाल जेसीज को आयोजना तथा रामेछाप जेसीजको आतिथ्यतामा यहि भाद्र २५ र २६ गते फ्रीडम रिसोर्ट ,मन्थली हुने भएको हो ।
रामेछाप जेसीज ले बिहिबार पत्रकार सम्मेलन गरी यहि भाद्र २५ र २६ गते फ्रीडम रिसोर्ट ,मन्थलीमा नेपाल जेसिजको क्षेत्र (ग) सम्मेलन हुने जानकारी गराएको छ । रामेछाप जेसिजको आतित्थ्यतामा हुन लागेको क्षेत्र (ग) सम्मेलनमा क्षेत्र (ग) अन्तर्गतका ३५ वटा शाखाहरुको २०० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै रामेछाप जेसिज २०२० का अध्यक्ष गोपाल खड्काले ३५ वटा शाखाका अध्यक्ष र पुर्ब अध्यक्षहरुका साथै जेसीजका अन्य शाखाका प्रतिनिधीहरु समेत रामेछाप जिल्लाको अवलोकन गर्न आउने बताए । खड्काले पत्रकार सम्मेलनमा नेतृत्व र व्यक्तित्व बिकास गर्दै युवालाई उद्यमसिलतासँग जोड्नका लागि सम्मेलन रामेछापमा गर्न लागिएको बताएका छन । क्षेत्र ‘ग’ सम्मेलन सफल बनाउन विभिन्न विभागीय समितिहरु बनाएको समेत जानकारी दिए । साथै सम्मेलन सफल बनाउन रामेछापका बिभिन्न निकायहरुले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको जनाएको बताएका छन ।

Facebook Comments Box