नेपाली काँग्रेस रामेछापले चयन गर्यो आठ पालिकामा आठ सारथि

Written by meropradesh creator

११ आश्विन २०७८, सोमबार

रामेछाप । नेपाली काँग्रेस रामेछापको आठ वटा स्थानीय तहमा भएको १४ औं महाधिवेशन मन्थली नगरपालिका बाहेक सबै स्थानीय तहमा सम्पन्न भएको छ । मन्थली नगरपालिकामा सभापति पदमा भने निर्बिरोध भएको छ । आईतबार भएको २ नगर सहित ६ गाउँपालिकामा भएको अधिवेशनमा मन्थली नगरपालिकासहित २ गाउँपालिकामा सभापति पदमा निर्विरोध निर्वाचित भएको छ भने रामेछाप नगरपालिकासहित ४ गाउँपालिकामा भने मतदान प्रक्रियाद्वारा अधिवेशन सम्पन्न भएको नेपाली काँग्रस रामेछापले जनाएको छ ।
मन्थली नगरपालिकामा सभापति पद बाहेक अन्य पदमा आइतवार बेलुकीसम्म सहमति जुट्न सकेको छैन । सभापति पदमा भने मन्थली नगरपालिका– २ का शंकर अधिकारीको एकल उम्मेदवारी परेपछि उनी निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अन्य उम्मेदवारले भने सहमति गराउने नाममा आपूmहरुले सभापति पदमा उम्मेदवारी नदिएको भन्दै अधिकारीलाई सभापतिमा स्वीकार नगर्ने जनाएका छन् ।
आठ वटै पालिकाको सभापति पदमा मन्थली नगरपालिकामा शंकर अधिकारी, रामेछाप नगरपालिकामा कमल बिक्रम कार्की, खाँडादेवी गाउपालिकामा तेजबहादुर घिसिङ, सुनापती गाउँपालिकामा जनक खड्का, दोरम्बा गाउँपालिकामा केशब लामा, लिखु तामाकोशी गाउँपालिकामा भोजराज खड्का (सुन्दर), गोकुलगंगा गाउँपालिकामा मणिकुमार लामा, र उमाकुण्ड गाउँपालिकामा हिकमत सुनुवार नेपाली सभापतिमा चयन भएका छन् । उनिहरुको छोटो राजनितिक पुष्टभूमि यस प्रकार रहेको छ ।
शंकर अधिकारीः मन्थली नगरपालिका


मन्थली नगरपालिकाको नगर सभापतिमा एकल उम्मेदवारी परेपछि सर्वसमत निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । वडा नं २ को कठजोरमा घर भएका अधिकारी कठजोर गाउँ विकास समिति अध्यक्ष हुँदै काँग्रेसको जिल्ला सचिव,सदस्य हुँदै काँग्रेस विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रीकको  जिल्ला सचिब भैसकेका ब्यक्ति हुन ।

कमल बिक्रम कार्की ः रामेछाप नगरपालिका


रामेछाप नगरपालिका वडा नं ७ घर भएका कार्कि यस अघि पनि सो पालिकाको नगर सभापति पदमा रहेर एक कार्यकाल काम गरि सकेका कार्कि आफना निकटतम्र प्रतिद्धन्दि रामप्रसाद घिमिरे संगको प्रतिस्पर्धामा पुन सभापति पदमा विजयी भएका हुन् । आइतबार भएको निर्वाचनमा कार्कीले १ सय ३७ मत प्राप्त गरे भने घिमिरेले ३३ मत प्राप्त गरे ।
तेज बहादुर घिसिङ ः खाँडादेवी गाउँपालिका


खाँडादेवी गाउँपालिकामा निर्विरोध सभापति पदमा निर्वाचित भएका घिसिङ नेविसंघ,तरुणदलको विभिन्न जिम्मेवारी पुरा गर्दै यस अघि पनि खाँडादेवी गाउँपालीकाको सभापतिको जिम्मेवारी पुरागरेका ब्यक्ति हुन । यस पटक पनि उनिनै नेपाली काँग्रेसको खाँडादेवी गाउपालिकाको सभापतिमा निर्विरोध निर्बाचित भएका छन् ।
केशब लामा ः दोरम्बा गउँपालिका


केशब लामा दोरम्बाको गाउँपालिकाको सभापति पदमा निर्वाचित भएका छन् । लामा र अर्का उम्मेदवार लालबहादुर थापामगर बीच भएको प्रतिस्पर्धामा लामाले ६७ मत प्राप्त गरे भने थापामगरले ६० मत प्राप्त गरे । पिपुल्स क्याम्पस काठमाडौबाट नेविसंघको राजनिति शुरु गरेका निर्बाचित सभापति लामालले काकलिङ्ग मावि दोरम्बाको अध्यक्ष,दोरम्बा नगर विकास समितिको अध्यक्ष, साविक दोरम्बा गाविसको २ पटक सभापति भैसकेको अनुभब समालि सकेका छन् ।
मणिकुमार लामा ः गोकुलगंगा गाउँपालिका


गोकुलगंगा गाउँपालिकाको सभापति पदमा निर्वाचित भएका मणिकुमार लामाले अर्का प्रत्यासि जगत बहादुर कार्कीलाई पराजित गराउँदै विजयी भएका हुन । आइतबार भएको निर्वाचनमा लामाले ७२ मत प्राप्त गरे भने कार्कीले ५३ मत प्राप्त गरे । लामा हाल नेपाली काँगे्रसबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुन् ।
हिकमत सुनुवार ः उमाकुण्ड गाउँपालिका


उमाकुण्ड गाउँपालिकाको सभापति पदमा निर्वाचित भएका हिकमत सुनाुवार यस अघि उमाकुण्ड गाउँपालिकाको सभापति भैसकेका छन् । यस पटको निर्वाचनमा पनि सुनुवार आफना प्रत्यासी धनराज लामीछानेलाई ६६ मतको अग्रताले जित्न सफल भएका हुन भने पलामिछानेले ४३ मत प्राप्त गरे । सुनुवारले यस अघि काँग्रेस जिल्ला समितिको सचिव लगाएतको पार्टिको विभिन्न जिम्मेवारमा रहेर काम पुरा गरि सकेका छन् ।

जनक खड्का ः सुनापती गाउँपालिका

सुनापति गाउँपालिकाको सभापतिमा निर्विरोध चयन भएका जनक खड्का यस अघि नेपाल विद्यार्थि संघ हु्रँदै तरुणदलको विभिन्न पदमा रहेर काम गर्दै आएका ब्यक्ति हुन । उनले युवा ब्यवसायीका रुपमा आफनो अब्बलता कायम गरिसकेका छन् ।
भोजराज खड्का (सुन्दर) ः लिखुतामाकोशी गाउँपालिका


लिखुतामाकोशी गाउँपालिकाको सभापति पदमा निर्वाचित भएका भोजराज खड्का (सुन्दर) ले यस अघि नेपाली कांग्रेस रामेछापको जिल्ला कार्यसमीती सदस्य भएर काम गरिसकेका छन् । खड्काले आफना प्रत्यासी जिबन कार्कीलाई ५५ मतको अग्रताले जित्न सफल भएका हुन भने कार्कीले ३९ मत प्राप्त गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...