नेकपा नाम विबादको फैसला सर्वोच्चले आज गर्ने

Written by meropradesh creator

२३ फाल्गुन २०७७, आईतवार

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमा परेको मुुद्धाको फैसला आज सर्वोच्च अदालतले गर्ने भएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस सकाएर निसुुमा राखेको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएको भन्दै बदर हुनुपर्ने माग राखी ऋषी कट्टेलले सर्वोच्चमा मुुद्धा दायर गरेका थिए ।
कट्टेलको मुद्धामा नेकपा भित्रको विवाद चरम भइरहेको अवस्थामा सर्वोच्च अदालतवाट फैसला आउन लागेको हो । आजैवाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि शुरु हुँदै छ । सर्वोच्चले अब नेकपाको नाम कसको हुने भन्ने फैसला गर्ने भएको हो । यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरि फैसला सुनाएमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम भने बदर हुनेछ ।
सर्वोच्चले नेकपा नाम सत्तारुढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको थियो । एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग समेत गरेको थियो ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...