नवनिर्बाचित पदाधिकारी लाई स्वागत

रामेछाप । रामेछाप नगरपालिकाले नेपाल पत्रकार महासंघका नब निर्वाचित पदाधिकारीहरुलाईे स्वागत गर्नका साथै सम्मान गरेको छ । नगरपालिकाले आईतबार पालीकाको हलमा औपचारीक कार्यक्रमको आयोजना गरि महासंघका नब निर्वाचित पदाधिकारीहरुलाई नगरपालिकामा स्वागत सहित शुभकामना प्रदान गरेको हो ।
नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको स्वागत तथा बधाई कार्यक्रममा नव निर्वाचित पत्रकारहरुलाई कलम ,डायरी ,फुलमाला र खादा लगाएर स्वागत गरिएको थियो । निर्वाचित पदाधिकारीहरुलाई नगरप्रमुख नर बहादर थापा, उप प्रमुख सृजना खड्का र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले कार्यालय परिसरमा संयुक्त रुपमा स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा वोल्दै नगरप्रमुख नर बहादुर थापा मगरले जिल्लामा पहिलो पटक लोकतान्त्रीक पद्धति बाट चुनिएका नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई पालिकामा स्वागत गर्न पाउँदा आफुलाई खुसि लागेको बताए । उनले भर्खरै सम्मपन्न निर्वाचन बाट चुनिएको नयाँ नेतृत्वले मुलुक र जिल्लाको समग्र विकासको लागि ईमान्दारीता पुर्वक काम गर्नु पर्ने भन्दै त्यसका लागि नगरपालिकाले समेत सहकार्य गर्न चाहेको बताए । निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै रामेछाप नगरपालिकाकी उप प्रमुख सृजना खड्काले नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नव निर्वाचित पदाधिकारीहरुलाई कार्यालयमा स्वागत गरेर आफुहरुले संचारकर्मिहरु लाई नगरको विकास संग जोड्न चाहेका बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचद्र लमागादेले नव निर्वाचत पदाधिकारीहरुलाई स्वागत गरेका थिए ।


स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष बद्री नयाँघरे र राष्ट्रिय सभा सदस्य तथा तथा पुर्व जिल्ला अध्यक्ष टीका प्रसाद भट्टले नगरपालीकाले नब निर्वाचित पदाधिकारीहरुलाई गरेको स्वागतले जिल्लमा असल संस्कारको शुरुवात भएको बताए । यो संगै पत्रकारीतालाई स्थानिय सरकारको विकास र ब्यवसायीक पत्रकारीता संग जोडिन सके मात्र स्वागत तथा शुभकामना कार्यक्रमले सार्थकता पाउने बताए । कार्यक्रममा नवनिर्बाचित बागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,बागमति प्रदेश सदस्य ज्ञानु श्रेष्ठ लगाएतका निर्वाचित पदाधिकारीहरु, रामेछाप नगरपालिकाका प्रशासकिय तथा अनुगमन अधिकृत होम बहादुर थापा र अन्य शाखाका पदाधिकारीहरुको समेत उपस्थीति रहेको थियो ।

Facebook Comments Box