धान रोपिसकेको सयौं रोपनी खेत बगरमा परिणत

Written by meropradesh creator

२९ श्रावण २०७८, शुक्रबार

रामेछाप । केही समयदेखी लगातार रुपमा आएको वर्षातका कारण रणजोर र भटौली खोलामा आएको बाढी खेतमा पसेपछि किसानले रोपेको सयौं रोपनी खेती योग्य जमिन बगरमा परिणत भएपछि किसानहरु चिन्तित बनेका छन् ।
विगत वर्षहरुको तुलनामा यसवर्ष बढी मात्रामा बर्षात भएसँगै रणजोर र भटौली खोलामा आएको बाढीले खोला आसपासका खेतहरुमा पसेपछि किसानहरुले रोपीसकेको धान पुर्ने र खेत कटान गरेपछि किसानहरुमा मारमा परेका हुन् । विगत वर्षहरुमा समयमा खेत रोप्न नपाएर धानको ब्याड सुकाएर बस्दै आएका किसानहरु यसवर्ष समयमा वर्षात भएपछि उत्साहित भएका थिए ।
किसानहरुले यसवर्ष समयमा नै धानको व्याड राखेका थिए । अघिल्लो वर्षको तुलनामा यसवर्ष किसानहरुले समयमा नै रोपाई समेत सकेका थिए । तर लगातार रुपमा आएको पानीले खोलाको सतह वढेपछि आसपासका खेत मरुभुमि बनाइदिदा धेरै दुःख लागेको मन्थलीका किसान ओमवहादुर कामी बताउँछन् ।
उनले भने– पानी अभावको कारण गएको वर्ष समयमा धान नै रोप्न सकिएन, बल्लबल्ल दुःखसुख धान रोपियो, उत्पादन नै कमी भयो । यसवर्ष समयमा वर्षात भयो, त्यही अनुसार धानको व्याड राखियो । लगातार पानी परेका कारण समयमा नै रोपाइ सकियो । खेतमा रोपो हरियो भएपछि अन्धाधुन्ध आएको पानीले खोलाको सतह बढेसँगै आसपासको सबै रोपीसकेको खेत बगायो । बाँकी भएको केही खेत पनि रोपो सबै गेगर र माटोले पुरिदियो । अब के गर्ने भन्ने चिन्ताले आफुहरुलाई सताएको किसान कामी बताउँछन् ।
सदरमुकाम मन्थलीको काखवाट बग्ने रणजोर खोलाले वर्षेनी किसानहरुको खेत पुर्ने र सयौं रोपनी जमिन कटान गर्ने काम गर्दै आइरहेको छ । उक्त खोला आसपासका खेती योग्य जमिन बचाउन सिंचाई डिभिजन कार्यालय रामेछापले दुईवर्षदेखी लाखौं रुपैयाँ वजेट खर्च गरेपनि किसानहरुको खेत बचाउन भने सकेको छैन् ।


सिंचाई डिभिजन कार्यालयले रणजोर खोलामा रहेको पक्की मोटरेबल पुल नजिकवाट दुईतर्फी ड्याम्म कस्दै तामाकोशी नदी तर्फ झार्दै गएको छ । माथि बाधेको ड्याम्को असरले तलतर्फको दुवै तर्फ खोलाले खेत कटान गर्दै आएको छ । वर्षभरी कमाई गरेर खाने खेत खोलाले बगाएपछि त्यसको संरक्षण गरिदिन पटक–पटक वडा कार्यालय र नगरपालिकाको कार्यालयमा धाउँदा पनि सुनुवाई नभएको मन्थली नगरपालिका वडा नं १ की कुमारि रम्तेलले जानकारी दिइन ।
उनले भनिन्– हिउँद भरी खेत बिरायो, गह्रा बनायो, वर्षातमा धान रोप्ने बेला भएपछि खोला उर्लिएर आउँछ र सबै खेत वगर बनाइदिन्छ । कहिले धान रोपाई सकेर रोपोमा मल हाल्ने बेला हुन्छ त्यही समय खोला आउँछ र सबै खेत बगर बनाइदिन्छ । हामी जस्ता किसानको वर्षभरीको मेहेनत त्यसै खेर जान्छ । स्थानिय सरकारलाई लौन हामी किसानको खेत संरक्षण गरिदिनु परो भन्यो, नेताहरुले वास्तै गर्दैनन् । हामी किसान सधै समस्या पयौं रम्मेतलले गुनासो गरिन् ।
रणजोर खोलामा आएको बाढीले खेत कटान गर्नुको साथै धानको रोपो समेत पुरेपछि खोला तटबन्धनका लागि किसानहरु वडा कार्यालय र मन्थली नगरपालिकाको कार्यालयमा धाउँदा समेत खोला तटवन्धनको नाममा रकम नपाएपछि किसानहरु आफै रकम उठाएर खोलाको दुवै तर्फ ड्याम्म निमार्णमा जुटेका छन् । प्रति किसान रोपनीको आधारमा ६ सय देखी ६ हजार रुपैयाँ रकम उठाएर दुईतर्फी ड्याम्म निमार्ण गर्न शुरु गरिएको किसानहरु बताउँछन् ।
रणजोर खोलाले मन्थली नगरपालिकाको वडा नं १ तर्फ सातमारे, सानिमदौ, मन्थली फाँट र वडा नं ४ को गैराथोक, सालु र सुनारपानीको तल्लो भागको खेती योग्य जमिन वर्षेनी कटौती गर्दै आएको छ । त्यसैगरी रणजोर खोलाले वर्षेनी खोला आसपासको जमिन कटान गर्दा कठजोर, सालु र सुनारपानीका गरी करिव ५० घरपरिवार खोलाकै कारण विस्थापित भइसकेका छन् ।
त्यसैगरी मन्थली नगरपालिका वडा नं ७ भटौलीमा रहेको भटौली खोलाले पनि त्यस क्षेत्रको सयौं रोपनी खेती योग्य जमिन कटौती गर्ने र खेत खण्डहर बनाउँदै आएको छ । खोलाको दुवै तर्फ बाध निमार्ण गर्न स्थानिय सरकारले चासो नदेखाउँदै वर्षेनी किसानहरु मारमा पर्दै आएको स्थानिय किसानहरु बताउँछन् ।


रणजोर र भटौली खोलाले खेतमा गरेको क्षतीका विषयमा स्थानिय किसानहरुले खोलामा तटवन्धनको लागि आवश्यक रकमको व्यवस्थापन गरिदिन माग गरेको भएता पनि यस वर्ष कुनै रकम विनियोजन नगरिएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले जानकारी दिए ।
उनले भने– खोलाले वर्षेनी किसानहरुको खेती योग्य जमिन कटौती गरेको छ । त्यो हामीले पनि देखेका छौं । खोलामा एकतर्फी तटवन्धन गर्दा खोलो अर्कोतर्फ पस्ने, खोला बहने क्षेत्र कति त्यो पनि यकिन नभएका कारण वर्षेनी रकम खर्चेर तटवन्धन लगाउन नगरपालिकालाई समस्या    छ । हामी किसानले दिएको निवेदनको आधारमा आगामी वर्ष कसरी जाने भन्ने बिषयमा छलफल गरेर मात्रै अघाढी बढ्ने नगर प्रमुख बस्नेतले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...