दोस्रो माझी गोल्ड कपको उपाधि आयोजक रामेछापलाई

रामेछाप । दोस्रो माझी गोल्ड कपको उपाधी आयोजक रामेछाप –“ए” समुहले हात पारेको छ । माझी उत्थान संघ रामेछापले आयोजना गरेको दोस्रो माझी गोल्ड कपको उपाधी रामेछाप –“ए” समुहले हात पारे । मंसिर १५ गते देखि सुरु भएको खेलमा आयोजक जिल्ला माझी उत्थान संघ रामेछापका ३ वटा समुह सहित अन्य २० जिल्लाका माझी उत्थान संघका समुहहरु गरी २३ वटा समुहहरुले भाग लिएका थिए ।

सबै समुहलाई पछीपार्दै रामेछाप –“ए” समुहले नगद रु २ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी मकवानपुर माझी उत्थान संघको समुह दोस्रो र माझी उत्थान संघ ओखलढुंगाको समुह तेस्रो भएको छ । दोस्रो हुनेलाई नगद रु १ लाख ५० हजार, र तेस्रो हुनेले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने आयोजक जिल्ला रामेछाप – बि ले सान्त्वना पुरस्कार वापद नगद रु २५ हजार, शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा रामेछाप – “ए” समुहले मकवानपुर लाई ३–१ ले पराजित गरी प्रथम हुन सफल भएको हो । माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्र माझीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका विजयी समुहलाई कार्यक्रमका प्रमुख अतिथि एबं बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले ले पुरस्कार बितरण गरेका थिए ।

Facebook Comments Box