देश भरका तेक्वान्दो खेलाडी रामेछापको खाँडादेवीमा 

१९ माघ २०८०, शुक्रबार

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा देश भरका तेक्वान्दो खेलाडी जम्मा भएका छन् । तेक्वान्दो आइ टि एफ को आयोजनामा भएको खेलमा सातै प्रदेशका खेलाडी रामेछापको खाँडादेवीमा आइपुगेका हुन् । शुक्रवार बाट खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिका वडा नं ७ को सह अपयोजनामा आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ प्रतियोगिता खाँडादेवी गाउँपालिकामा सुरु भएको हो । 

रामेछाप तेक्वान्दो आइ टि एफ को आयोजना भएको खेलमा ७ वटा प्रदेश, नेपाली सेना, नेपाल आर्मी, सशस्त्र प्रहरी र आयोजक टिम सहित ११ वटा टिमका ४४ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले तेक्वान्दो मार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल भएको भन्दै संस्थालाई चलायमान बनाउन आफू सहयोग गर्ने बताए । खेलकुद कार्यक्रम सबै विद्यालय र सबै युवा बिच पुर्‍याउने लक्ष्य सहित काय क्रम गाउँपालिकाले अघि बढाएको बताएका छन् । कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मन्त्री शान्ति प्रसाद पौडेल, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ लगायत सहभागी भएका छन् । 

महिला र पुरुष दुवै समूहको खेलमा प्रथम द्धितिय र तृतिह हुने प्रतियोगीहरूलाई क्रमशः नगद रु ५० हजार ४० हजार र ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजनले जनाएको छ । प्रतियोगितामा महिला तर्फ ४७ देखि ५५ केजी समूह र पुरुष तर्फ ५० देखि ५७ केजी तौल समूहका खेलाडीले भाग लिइरहेका छन् । खेल २० गते शनिवार सम्म सञ्चालन हुने छ । कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठलाई तेक्वान्दो आइ टि एफले मानार्थ बल्याकबेल्डको उपाधि समेत दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको खाना सर्केर ज्यान गएको छ । नगरपालिकाका कर्मचारीहरूले आयोजना गरेको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर ४८ वर्षीय स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । रामेछाप...

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

काठमाडौँ । यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल...

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...