दुई कक्षामा पढ्ने बालिकालाई शिक्षकले गरे जर्वजस्ती करणी

रामेछाप । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं–४ भुवनेश्वरी माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गर्नेमा गन्यापधुरा गाउँपालिका वडा नं–४ भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षिय शिक्षक रहेका छन् । उनले सोही विद्यालयको कक्षा २ मा पढ्ने १० वर्षिय बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतवार ती शिक्षकलाई नियन्त्रणमा लिएको हो ।
कक्षा २ मा पढ्ने १० बर्षिय ती बालिकालाई ४७ वर्षिय शिक्षकले जर्वजस्ती करणी गरेको उजुरी प्रहरीमा परेपछि शिक्षकलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताएका छन् । उनका अनुसार बालिका र नियन्त्रणमा लिएका शिक्षक दुवैको मेडिकल टेस्टका लागि काम भइरहेको छ । दुवैको मेडिकल टेस्ट आएपछि थप कानुनि प्रक्रिया अघि बढाइने भएको छ ।