दाजु भाईले दिए बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा

सुरज बस्नेत
दोलखा । नेपाल तरुण दलका सभापती दावासाङ्गे शेर्पा र उनका भाई कर्मा शेर्पाले दोलखाका बृद्धबृद्धा र बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन् ।
लामोसमय देखी राजनीति तथा समाजसेवामा सक्रिय रहँदै आएका तरुण दल दोलखाका अध्यक्ष तथा युवा नेता दावासाङ्गे शेर्पाले भाइ कर्म शेर्पाको सहयोगमा जिल्लाको दुर्गमगाउँ आलम्पुका ७० वर्ष माथीका २४० जना थामी बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरेका हुन् । कपडा वितरण गर्दै तरुण दल दोलखाका युवा नेता शेर्पाले दुर्गमका एकसय वर्ष माथिका ९ जना र ७० बर्ष माथिका २ सय २९ जना थामी बृद्धबृद्धालाई कपडा बितरण गरेर उनीहरुसँग खुशी साट्न पाएको बताए ।


न्यायो कपडा पाएसँगै बृद्धबृद्धाहरु समेत खुसी भएका थिए । यस्तै दोलखाको भिमेश्वर नगरपालिकामा रहेको गौरीशंकर बालगृहका परिवार बिहिन ३० जना बालबालिकालाई समेत युवा नेताएवं समाजसेवी शेर्पा दाजूभाईले न्यानो कपडा वितरण गरेका छन् । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं सांसद जिपछिरीङ लामाको हातबाट दावासाङ्गे र कर्मा शेर्पाले बालगृहको रेखदेखमा रहेका दोलखा लगायत सात जिल्लाका ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् ।
तरुण दल दोलखाका अध्यक्ष शेर्पाले एकसरो कपडामा रातदिन कटाउने बालबालिकालाई जाडोमा न्यानो होस् भन्ने उदेश्यले व्यक्तिगत रूपमा न्यानो ट्रयाकसुट वितरण गरेको जानकारी दिए ।


गौरीशंकर बालगृहका अध्यक्ष रामप्रसाद सापकोटाले हाल बालगृहमा दोलखा, सिन्धुपाल्चोक, रामेछाप,ओखलढुंगा, हुम्ला, जुम्ला, कालिकोट लगायतबाट आएका परिवार बिहिन ३० जना बालबालिका बालगृहको संरक्षणमा रहेको जानकारी दिए । शेर्पा दाजुभाईले गरेको न्यानो कपडा सहयोगका लागि अध्यक्ष सापकोटाले धन्यवाद समेत दिए ।

Facebook Comments Box