दक्षिण एसियाबाट नेपालका सांसद थापा अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

Written by meropradesh creator

४ कार्तिक २०७८, बिहीबार

नेपाली कांग्रेसका युबा नेता तथा प्रतिनिधी सभा सदस्य गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित भएका छन् । सासंद थापा दक्षिण एसियाबाट निर्वाचित भएका छन् थापाले दक्षिण एसियाको प्रतिनिधिको रुपमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालमा रहेर काम गर्ने छ । अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालमाको बोर्ड सदस्यमा सन् २०२१ देखि २०२३ का लागि थापा निर्वाचित भएका छन् ।
सासंद थापा विश्वका १४० भन्दा बढी देशका सासंदहरु संग रहेर समावेशी विकासका लागि काम गर्ने भएका छन् । थापाले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताएका छन् । उनले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेद्वार भई काठमाडौंको क्षेत्र नम्बर ४ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सञ्जालको बोर्ड सदस्यमा उत्तरी अमेरिका, युरोप र मध्य एसियाबाट बेलायतका सांसद लियाम बर्न, पोर्चुगलका सांसद डा रिकार्डो बाप्टिस्टा लेइटे र स्पेनका सांसद एन्टोनियो अलार्को निर्वाचित भएका छन् । दक्षिण एसियाबाट नेपालका सांसद थापा तथा अफ्रिका क्षेत्रबाट नाइजेरियाका सांसद प्रा स्टीफन सिनिकिम अजिकी, घानाका सांसद कोलिन्स एडोमाको–मेन्साह र आइभोरी कोस्टका सांसद आइ मड्जारा टिग्बाना कोलीबेली निर्वाचित भएका छन् । त्यस्तै, ल्याटिन अमेरिका र क्यारिबियनबाट जमैका सांसद तथा महान्यायाधिवक्ता मार्लिन मलाहु फोर्ट निर्वाचित भएका छन्।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...