तपाईंलाई कोरोना लागिहाल्यो नआत्तिनुस

Written by meropradesh creator

२३ बैशाख २०७८, बिहीबार

जसरी तपाईंले मास्क, सेनेटाइजर सामाजिक दुरी र स्वास्थ्य मापदण्डको उल्घन गरि तपाईंलाई कोरोना भएमा त्यो तपाईंले आत्महत्या गरेको हो भने भेन्टिलेसन अक्सिजन र हष्पिटलमा चिकित्सको अभाबमा तपाईंको मृत्यु भएमा त्यो गरेको नागरिक प्रतिको हत्या हो ।
अब सोच्नुस कतै तपाईं यो संकटमा आफ्नो हत्या आफै त गर्दै हुनुहुन्न यो विषम परिस्थितिमा आफु पनि सुरक्षित र अरुलापनि सुरक्षित पार्नको लागि दुई मिटर परबाटै मुखमा मास्कसहिको मुस्कान रहित नमस्कार गर्नुस आत्मियता र आफ्नोपनको दुरिरहित कोरोना संक्रमित तथा सामान्य नागरिकलाई महशुस गराउनुस ।
यो कोरोना संक्रमण पोहोर तिहारमा मेरो आफ्नै दाइलाई भयो जति फलानोलाई लाग्यो रे उसलाई यसलाई भन्दा पनि आफ्नो परिवारको सदस्यलाई लाग्दा हुने पीडा र त्यो पनि चाडबाडको समयमा सबै परिवार जम्मा भएर खुसि साट्ने बेलामा भएको यस्तो डरलाग्दो संक्रमणको अनुभब म आफैले भोगेको छु ।
तिहार आफैमा उज्यालो र खुसिको चाँड त्यसमा पनि दुई भाइ दाजु भाइमा परिवारको अभिभावक दाजुलाइ नै लागेको र त्यतिबेला समुदायले गर्ने व्यवहार र कोरोना संक्रमितलाई गर्ने व्यवहारले हामिले दाइलाई पालिकाले ब्यबस्थापन गरेको क्वारेन्टाइनमा नै राखेर उज्यालोको चाड तिहारमा हामी मनमा अध्यारो र चाड त वर्षको वर्ष आउछ भनेर साथै दाजुको कोरोना प्रतिको मनोबल यति बलियो थियो कि यो टेष्ट नै फरक परेको हुनसक्छ हामी यहाँ तपाईंहरु भन्दा स्वस्थ र खुसिका साथ बसेका छौ भनेर हामीलाई चिन्ताको महशुस नगराइ कोरोनालाइ जितेर क्वारेन्टाइन समयमा परिवारलाई कुनै चिन्ता पिरको महशुस नगराइ फर्कनु भयो ।
यो घटनाले जसरी हामीले कोरोना प्रतिको डर त्रास र यसले पार्ने मनोबैज्ञानिक असरलाइ समेत बदलिएको थियो त्यसैले संक्रमितको मनोबल नै नब्बे प्रतिशत रोगको निदन हो रोग प्रति लड्ने तपाईंको मनोभावना नै ठुलो कुरा हुन । नआतिनुस कोरोनालाइ तपाईंको मनोभावना परास्त पार्छ साथै जनजिवन सामान्य हुन्छ ।
विश्वासमा नै यतिबेला कोभिड नाइन्टिन अर्थात कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त बनाइरहेको छ । कोभिडको यो लहरले सामान्य मानिसको जनजिवनलाइ जति आक्रान्त बनाएको छ त्यो भन्दा बढी ठुला र सम्पन्न व्यक्तिको लागि झनै तनावपूर्ण वातावरणको सिर्जना गरेको छ ।
विश्वासलाई नै स्वास्थ्य क्षेत्रमा एउटा ठुलो चुनौति सिर्जना गरेको कोभिडले भ्याक्सिनको उत्पादन भइसक्दा समेत नयाँ भाइरस सहितको अहिले देखा परेको कोभिड पोहोरको भन्दा खतरनाक र विषालु रहेको विज्ञहरूको अनुसन्धानले बताइरहदा जनमानसमा डर पैदा हुनु सामान्य छ । नेपालको छिमेकी देश भारतमा बढिरहेको कोभिड संक्रमितको दर र त्यहा भएको स्वास्थ्य सामाग्रीको अभाव जस्ता समाचारले झन नेपालीलाई यो भैहालेमा बाच्न सकिन्न भन्ने लाग्नु स्वभाविक पनि हो तर तपाई हाम्रो सावधानीले यसलाई परास्त गर्न सकिन्छ ।
नेपालको सन्दर्भमा जसरी पोहोर साल कोभिडको संक्रमित संख्यामा अहिलेको संख्या दोब्बर भन्दा माथि छ र यो कोभिड नयाँ भेरियन्टको साथ देखापरेकोले तपाईं हाम्रो जति सावधानी र नेपाल सरकारले पालना गर्नुपर्ने भनिएको मापदण्ड पालना गर्न हामीले कुनै कमि गर्नुहुँदैन । दिनप्रतिदिन बढेको संक्रमण र मृत्युदर हेर्ने हो भनेपनि कोभिडमा नागरिकको कति सतर्कता र स्वास्थ मापदण्ड पालना गरिरहेका छन प्रष्ट हुन्छ । हिजो मात्रै ७ हजारमा भएको संक्रमण र ५० जनाको मृत्युको समाचारले अब हाम्रो सावधानी जति हुन्छ त्यति नै सुरक्षित हुन सकिन्छ भन्ने देखाउछ । नेपाल सरकारले अहिले जति सक्रियता देखाएको छ त्यो भन्दा बढी नागरिकले आफ्नो सुरक्षा आफै गर्न लाग्नुपर्ने देखिन्छ ।
अहिले सामाजिक सञ्जालमा कोभिडलाइ अतिरञ्जित पार्ने र अनावश्यक डर त्रास पार्ने खालका फोटा र मृत्यु भएका शबहरुको दर्दनाक फोटाहरु हाल्ने र कोरोना संक्रमितलाई अत्याउने खालका यस्ता पोष्टहरुको मनोबल कमजोर बनाउछ । हामी संक्रमित नभएकाहरुले बिरामीको मनोबल बढाउनका लागि उनिहरुलाइ सकारात्मक र मनोबल बढाउने खालको हौसला दिनुपर्ने हुन्छ ।
तपाईं कोभिड संक्रमित हुनुहुन्छ भने नआत्तिनुस आफ्नो शरिरलाइ माया गर्नुस कुनै पनि रोग जति जटिल हुन्छ त्यो भन्दा तपाईंको मन जति बलियो र उच्च मनोबलले त्यसलाई गलाउछ । घरमा नै क्वारेन्टाइनमा हुनुहुन्छ भने तपाईंको परिवारलाई समेत चिन्तित नहुने गरि आफ्नो मनोबल उच्च राख्नुस भनिन्छ नि चिन्ताले चिताको बाटो पुर्याउछ भने झै कोभिड जति जटिल छ त्यो भन्दा बढि तपाईंको जीवन प्रतिको बाच्न गर्ने अभिलाषा र सकारात्मक सोच सहित परिवारलाई कोभिड केही हैन रैछ तर नियमित चिकित्सको सल्लाह अनुसार औषधि सेवन गर्न भने नछुटाउनुस ।
बिहान उठेर योग ध्यान व्याम गर्न नछुटाउनुस त्यसैगरि बिहानको १÷२ घन्टा मज्जाले सुर्यको किरण छालामा पर्ने गरि घाँम ताप्नुस साथै मास्क सेनेटाइजरको प्रयोग नियमितरुपमा अनिवार्य रुपमा गर्नुस । यतिबेला जति तपाईं घरको क्वारेन्टाइनमा शुरक्षित रहनुहुन्छ त्यति तपाई अस्पतालमा झनै गार्ड हुन्छ सकभर घरमा नै साधारण कोरोनाको लक्षण देखिँदा र लागेको प्रमाण भइ चिकित्सक को सल्लाह अनुरुप कहाँ बस्ने तय गर्नुस जबर्जस्ती हस्पिटलमा बस्दा मात्रै छिटो निको हुने भ्रमलाइ चिर्नुस यतिबेला डाक्टर नर्सहरु आप्नो ज्याभन्दा पनि तपाईंको ज्यान जोगाउन दिनरात लडिरहनु भएको छ ।यो अवस्थामा हामीले उनिहरुको मनोबललाई बढाउन हौसला र कृतज्ञता बढाउनुपर्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...