ठोसेमा आगलागी हुँदा एक जनाको ज्यान गयो

रामेछाप– रामेछापको गोगुलगंगा गाउँपालिका वडा नं २ ठोसेमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गएराती २ बजे तिर आगलागी हुँदा ९५ वर्षिय पासाङलेकी शेर्पाको ज्यान गएको हो ।
गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवारका अनुशार पासाङलेकी शेर्पा सुतीरहेको अवस्थामा घरमा आगोलागेको कारण उद्दार गर्न नसकीएको जानकारी दिए । अन्य परिवार र छिमेकीलाई घरमा आगो लागेको थाहा नहुँदा उद्दार गर्न सकिएन छ अध्यक्ष खड्काले भने । घरमा आगलागी भएको थाहा पाउने वित्तिकै मंगलबार विहानै मृतकको घरमा पुगेर घटनको बारेमा जानकारी लिएको अध्यक्ष सुनुवारले बताए । अध्यक्ष सुनुवारका अनुसार दुई ओटा घरमा आगलागी हुँदा मानविय क्षतिसँगै लाखौँको धनमाल जलेर नष्ट भएको छ । मृतकका परिवारलाई गाउँपालिकाले ५० हजार नगद सहित खाद्यन्न र लत्ताकपडा सहयोग गर्ने अध्यक्ष सुनुवारले बताए

Facebook Comments Box