जिसस रामेछापद्वारा नवनिर्वाचित पत्रकारहरुलाई सम्मान

Written by meropradesh creator

८ बैशाख २०७८, बुधबार

रामेछाप । जिल्ला समन्वय समिती रामेछापले नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । नवनिर्वाचित पत्रकारहरुलाई जिल्ला समन्वय समिती रामेछापले शुभकामना तथा सम्मान व्यक्त गरेको हो । समन्वय समितीको कार्यालय मन्थलीमा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रेम बं खड्काले नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै राम्रा कामहरुलाई प्रचार प्रसार र नराम्रा कामहरुलाई खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गरेका छन ।
जिसस रामेछापले जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला कार्यसमीती, राष्ट्रिय सभा सदस्य प्रदेश सभा सदस्य र बागमती प्रदेशका कोषाध्यक्ष सहित सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । सोही कार्यक्रममा जिल्ला समन्वय समित रामेछापले चैत्र २७ गते सम्पन्न गरेको पाँचौ जिल्ला सभाका निर्णयहरु सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख खड्काले निर्णय सार्वजनिकगर्दै जिल्लाभित्रका रणनितिक रुपले महत्वपूर्ण सडक एबं पुलहरुको निर्माणका लागि आबश्यक बजेट,विनियोजनकालागि तिनै तहका सरकार बिच समन्वय गर्ने, कोरोना महामारी रोकथाम,नियन्त्रण र ब्यवस्थापनमा आबश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिदै समन्वयात्मक कार्यहरु गर्ने निर्णय भएको जानकारी दिए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...