जिल्ला अस्पतालमा उपकरण थन्किदा नागरिकले स्वास्थ्य सेवा पाएनन्

Written by meropradesh creator

३ मंसिर २०७८, शुक्रबार

रामेछाप । जिल्लामा रहेको एकमात्र सरकारी अस्पताल जिल्ला अस्ताल रामेछापमा रहेका उपकरणहरु थन्किदा रामेछापका नागरिकहरुले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् ।


२०५० सालमा स्थापना भएको रामेछापको एकमात्र सरकारी अस्पताल जिल्ला अस्पतालमा अहिलेसम्म अल्ट्रासाउन्ड, आइसियु, भेन्टिलेटर, भिडियो एक्सरे र ल्यावसेवा संचालन हुन नसक्दा बिरामी भएका नागरिकहरुले सेवा पाउन सकेका छैनन् । बिरामी भएर अस्पतालमा उपचार लिन जाने सेवाग्राहीहरुलाई जिल्ला अस्पताल रामेछापले जिल्ला भित्रका निजि अस्पताल र राजधानी लगाएतका विभिन्न अस्पतालहरुमा रिफर गर्दै आएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा.पबन शाक्यले जानकारी दिए ।

उनले भने– पहिला अस्पतालमा उपचार लिन आउने नागरिकहरुले उपकरण अभावमा त्यसै फर्कनु पर्ने वाध्यता थियो । अहिले अस्पताल परिसरमा सुविधा सम्पन्न भवन निमार्ण भएको छ । अस्पतालमा त्यही अनुसार आवश्यक सवै उपकरणहरु छ । तर आवश्यक जनशक्ति मन्त्रालयले पठाउन नसक्दा ती उपकरणहरु सबै थन्किएर बसेकाले नागरिकले सेवा पाउन नसकेको प्रमुख शाक्यले बताए ।


जिल्ला अस्पतालमा प्राप्त भएका उपकरण सामाग्रीहरु यत्रतत्र थन्काएर राखेको लामो समय भइसक्दा पनि ती सामाग्रीहरु प्रयोग नगर्दै बिग्रने अवस्थामा पुुगेका छन् । यता नागरिकहरुले भने सरकारी अस्प्तालबाट पाउनुु पर्ने सेवा सुविधा पाउँन नसक्दा निजी अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार लिन वाध्य हुनुपरेको मन्थली नगरपालिका वडा नं ७ भटौलीका निर्माण माझीले जानकारी दिए ।

उनले भने– सरकारले सबै नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने भन्छ । जिल्लामा आवश्यक उपकरण पठाएको छ पनि भन्छ । तर अस्पतालमा उपचार लिन पुग्दा केही सुविधा पाइदैन । हामी गरिव नागरिकले सरकारी स्वास्थ्य सुविधा लिनवाट वञ्चित हुनुपरेको छ । जिल्लामै हुने उपचार लिन अहिले भाडाको गाडी लिएर हजारौं रुपैयाँ खर्चेर राजधानी पुग्नुपर्ने वाध्यता रामेछापबासीको रहेको माझीले बताए ।


यता संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारवाट प्रदान गरिएका भेन्टिलेटर, आइसियु, भिडियो एक्सरे र ल्यावको लागि आवश्यक उपकरणहरु जिल्ला अस्पताल रामेछापलाई प्रदान गरेता पनि उक्त सेवाहरु दक्ष जनशक्तिको अभावमा ठप्प रहेको छ । जिल्ला अस्पताल रामेछापमा हाल सुविधा सम्पन्न भवन, आवश्यक सवै उपकरणहरु भएता पनि आवश्यक जनशक्ति मेडिकल सुुपरिटेन्डन, ल्याव असिस्टेन्ट, स्टाप नर्स लगाएतका कर्मचारी अभावमा भएका सबै उपकरणहरु थन्काएर राखिएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रीनले जानकारी दिए ।

उनले भने– पहिला रामेछापका नागरिकले उपकरण अभावमा स्वास्थ्य सेवा लिनवाट वञ्चित हुनुपरो । अहिले उपकरण भएपनि दक्ष जनशक्ति नभएका कारण ती उपकरणहरु थन्काएर राख्नपरेको छ । आवश्यक जनशक्ती पठाइदिन प्रदेश र संघीय सरकारलाई पटक–पटक पत्राचार गर्दा समेत अहिलेसम्म जनशक्ती नपठाएका कारण अझै केही समय नागरिकहरुले गुणस्तरीय स्वास्थ्यसेवा पाउन सक्ने अवस्था नरहेको अध्यक्ष पाख्रीनले बताए ।


जिल्लाको एकमात्र सरकारी अस्पतालले नागरिकलाई दिनुपर्ने सेवा सुविधा नदिदा रामेछापवासी मारमा परेका छन् । राज्य जनताप्रति संवेदनशिल नभएकै कारण रामेछापका नागरिकले स्वास्थ्य सेवा लिन हैरानी खेप्नु परेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले जानकारी दिए । उनले भने– सरकारले अस्पतालमा प्रयोग हुने सामाग्रीहरु दिएपनि प्रयोग गर्ने जनशक्ति नदिएर नागरिकले पाउने सुविधा वञ्चित गरेको छ । यसवाट के स्पष्ट हुन्छ भने राज्यले जनतालाई स्वास्थ्य सुविधा नदिएर संविधानको वर्खिलाप गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...