चोरी डकैती गदै हिड्ने ४ जनालाई प्रहरी द्वारा सार्वजनिक

Written by meropradesh creator

९ आश्विन २०७८, शनिबार

रामेछाप । जिल्लाभरी चोरी डकैती गर्दै हिड्ने ४ जनालाई जिल्ला प्रहरी कार्यलय रामेछापले नियन्त्रणमा लिएर शुक्रबार सार्वजनीक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनिहरुलाई सार्बजनीक गरेको हो । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले दिएको जानकारी अनुसार भरुवा बन्दुक तथा धारिलो हतियार देखाएर त्रसित बनाई चोरी डकैती गर्दै हिड्ने गरेका थिए । प्रहरी नायव उपरीक्षक ढुंगानाले दिएको भने पछिल्लो पटक गएको भदौ ३१ गते टाउँको र मुखमा रुमाल बाँधेर आएका ४ जनाको समूहले लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ जामुनेको चन्द्रबहादुर बुढाथोकीको घरमा चोरी गरेका थिए । घरमा बुढाथोकीको श्रीमती र दुई छोरीहरु मात्रै भएको मौका पारी चोरी गरेर भागेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी खिम्तीबाट खटिएको टोलीले दुई जनालाई जिल्लाबाटै र दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिए ।
पक्राउ पर्नेहरुमा गोकुलगंगा गाउँपालिका वडा नं. ६ का ठूला भनिने मिलन तामाङ, राहुल भनिने लालबहादुर तामाङ, जंगे भनिने आकाश तामाङ र आशिस भनिने भुमिराज तामाङ रहेका छन् । उनीहरु माध्य आकाश तामाङ र भुमीराज तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी मिलन तामाङलाई फर्पुबाट र लालबहादुर तामाङलाई मन्थलीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुकोे साथबाट भरुवा बन्दुक १ थान, पुरानो मोरु नोट ८ थान र अन्य ३५ थान, सुनको फुली दुई थान उनीहरुले प्रयोग गरेका चार थान मोवाइल बरामत गरिएको प्रहरीले जनाएको छ ।
पीडितले जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएको जाहेरी अनुसार १ तोलाको सुनको बेरुवा रिङ २ थान, १२ आना सुनको पोतेसहितको घोप्टे १ थान, ६ अनाको सुनको ढुंग्री २ थान, ६ आना सुनको कुण्डल २ थान, १ तोलाको ९ गेडी, ६ आना सुनको तिलहरी सहितको पोले, ६ आनाको सुनको औँठी, ४ तोला चाँदीको पाउजु, ८ आना सुनको माडवारी २ थान, आधा तोलाको तिलहरी, ६ तोला चाँदीको कल्ली २ थान, ३ माना चाँदीको पुराना सिक्काहरु लगायतका समान र ३० हजार रुपैयाँ नगद चोरी भएको जनाइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...