चिनिया पक्षेले तामाकोशी नदिमा पहिरोको कारण बनेको पोखरी खुलाउने प्रयास

रामेछाप । नेपाल र चिनको सिमानामा लामो समयदेखि वाढीको कारण खोला थुनिएर तालमा परिणत भएपछि चिनियाँ अधिकारी र सुरक्षाकर्मीले खोला खुलाउने प्रयास गरेको छ । गए राति भारी बर्षासँगै गएको पहिरोले थुनिएको तिव्वतको टिंग्री काउन्टीमा पर्ने रोङसी खोलाले तालको आकार लिए पछी ताल खाल्न लागेको हो । तामाकोशी नदीको मुख्य सहायक खोलाकोरुपमा रहेको रोडसी खोला खुलाउनका लागि दिउँसो चिनियाँ टोली पहिरो स्थल पुगेको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पहिरोले थुनिएको खोला खुलाउनका लागि चिनियाँ टोलीले प्रयास गरिरहेको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले खोला थुनिएर निकै ठूलो ताल बनेका कारण तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रामेछापले सम्भावित जोखिमलाई ख्याल गरी तामाकोशी नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन समेत गरेको जानकारी दिए ।
पहिरोले खोला थुनिएर ताल बनेको क्षेत्र नेपाल र चिनको सिमा जोडिएको ६० र ६१ नम्बरको सीमा स्तम्भ नजिकै रहेको छ । तर, सो क्षेत्रमा नेपाली टोली जान सक्ने अवस्था नभएपछि चिनियाँ टोली खटिएको हो । चिनको टिंग्री कन्ट्रिको रोङछिया क्षेत्रमा भारी बर्षासँगै पहिरो गएर नदीको प्रवाह रोकिए पछि स्थानीय प्रशासनले गय राति नैं सूचना जारी गरेर सुरक्षित हुन नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको थियो । सो सूचनापछि माथिल्लो तामाकोशी आयोजनाले पनि लावमागरमा रहेको जलाशयमा जम्मा गरेको पानीको सतह ९ मिटर घटाएको छ । माथिल्लो तामाकोशीको बाँधका ४ वटै गेटहरु गय रातिनैं खोलेर क्रमश पानीको सतह घटाउँदै न्यूनतम बिन्दुमा झारिएको छ । तामाकोशी नदीलाई थुनेर बनाईएको जमिनवाट १५ मिटर उचाईको बाँधले बाढी आएपनि एकदेखि डेढ घण्टासम्म थाम्न सक्ने आयोजनाका अधिकारीहरुले बताएका छन् ।

Facebook Comments Box