खाँडादेवीमा बन्ने भयो भ्यू–टावर

Written by meropradesh creator

११ पुष २०७७, शनिबार

रामेछाप । खाँडादेवी गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पालिका भित्राउने उद्धेश्यले वडा नं–५ पकरबासको सुलीथुम्कामा भ्यु–टावर निमार्णको काम अघि वढाएको छ । निमार्णधिन भ्यू–टावरको शुक्रवार जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमवहादुर खड्का र खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङ्गले एकै साथ शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा वोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय प्रमुख प्रेमबहादुर खड्काले भ्यु–टावर निमार्णपछि आन्तरिक र वाह्य पर्यटकहरु भित्रयाउन सके खाँडादेवी गाउँपालिकाको आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी भ्यु–टावर निमार्णपछि सोलीथुम्काको टुप्पोवाट दृश्यावलोकन गर्न धेरै आन्तरिक र वाह्य पर्यटकहरु भित्रन सक्ने अपेक्षा खाँडादेवी गाउँपालिकाले लिएको खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेमवहादुर तामाङ्गले जानकारी दिए । उनले भने– भ्यु–टावरवाट सहजै रुपमा रामेछापका धेरै भुभाग र छिमेकी जिल्लाहरु सिन्धुली र काभ्रेका समेत धेरै भुभागहरु प्रत्यक्ष रुपमा हेर्न र दृश्यावलोकन गर्न सकिने भएकाले पनि पर्यटकहरुको घुइचो लाग्ने अपेक्षा पालिकाले लिएको अध्यक्ष तामाङ्ग बताउँछन् ।


उक्त भ्यु–टावर निमार्णको लागि बागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजनाको २ करोड ८९ लाख ६३ हजार ९ सय ७२ रुपैयाँ ६३ पैसाको लगानीमा ५ तले भवन निमार्ण हुन लागेको हो । भ्यु टावरसँगै भ्यु टावरमा प
ुग्न ९ सय ५० मिटर लामो खुडकिला र रेलिङ्ग, शौचालय, पालेघर,पार्क, किचन र बगैचाँ लगाएतका संरचनाको समेत निमार्ण हुने छ ।
आगामी २०७८ साल जेठ मसान्त भित्र निमार्णकार्य सम्पन्न गर्ने गरि उक्त भ्यु टावरको निमार्णको जिम्वेवारी सुनकोशी कन्ट्रक्सनले पाएको छ । निमार्णकार्यको जिम्मेवारी पाएको उक्त कम्पनीले तोकिएकै समयभित्र सवै काम सकेर सम्वन्धित पालिकालाई हस्तान्तरण गर्ने गरि काम अघि वढाएको कम्पनिका प्रतिनिधि केशव महतले जानकारी दिए ।
हाल निमार्णाधिन भ्यु टावरमा विद्युत र खानेपानीको समस्या रहेको छ । पालिकाले चाँडै नै त्यस क्षेत्रमा विद्युत लाइन विस्तारको लागि आवश्यक व्यवस्थापनको लागि नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरि विद्युत लाइन पुर्याउने र खानेपानी पनि चाँडैनै पुर्याउने गरि काम अघि वढाउने खाँडादेवी गाउँपालिकाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...