कोराना संक्रमणबाट थप एकको ज्यान गयो

रामेछाप । कोरोना संक्रमणवाट सोमवार प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भर्ना भएका एक पुरुषको ज्यान गएको छ ।

कोरोना संक्रमणवाट ज्यान जानेमा मन्थली नगरपालिका वडा नं १ का ५७ बर्षिय रंगलाल तामाङ रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीले जनाएको छ । कोरोना संक्रमणबाट केही दिनदेखी घरमा नै होम आइसोलेसनमा बसेर उपचारको लागि मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा भर्ना भएको थिए । सो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएका रंगलालको उपचारको क्रममा ज्यान गएको हो । कोरोना संक्रमणवाट यसअघि रामेछापमा ३ जनाको ज्यान गएको छ ।

Facebook Comments Box