किशोरीलाई गर्भवती बनाएर फरार रहेका युवक प्रक्राउ

रामेछाप । नाताले आफ्नै बहिनी पर्ने सुस्त मनस्थिती भएकी एक किशोरीलाई जर्वजस्ती करणी गरेर गर्भवती बनाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं २ कठजोरका २९ वर्षिय युवक रहेका छन् । युवक दिदीको छोरा हुन भने किशोरी भाइको छोरी हुन् । युवकले जर्वजस्ती करणी गरेपछि किशोरी गर्भवती भएको परिवारले थाहा पाएपछि उनीहरुले किशोरीलाई सांकेतिक भाषामा सोधपुछ गर्ने क्रममा उनले आफ्नै दाईलाई देखाएकी थिइन । किशोरीले जर्वजस्ती करणी गरेको भन्दै आफ्नै दाइलाई देखाएपछि युवक गाउँ छाडेर फरार भएका थिए ।
यता घटनापछि परिवारका सदस्यले युवकको नाममा गत वैशाख २१ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता गराएका थिए । घटनापछि फरार रहदै आएका युवकलाई लामो समयपछि सूचनाको आधारमा प्रहरीले काठमाण्डौंको कालिमाटीवाट शुक्रवार पक्राउ गरेको हो ।
पक्राउ परेका युवकलाई प्रहरीले सोधपुछ गर्दा उनले आफुले मादक पर्दाथ सेवन गरेको जोसमा जर्वजस्ती करणी गरेको स्विकार गरेपछि अड्डा सार गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याएको छ । युवकलाई प्रहरीले हिरासतमा राखि अनुसन्धानको लागि रामेछाप जिल्ला अदालतवाट ६ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।