कांग्रेस बागमती प्रदेश सदस्यमा केसी सहित ६ जना बिजयी

रामेछाप । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिबेशन बाट नेपाली कांग्रेसका नेता अर्जुन केसी सहित ६ जना बिजय भएका छन् । सह महामन्त्री सहित रामेछाप बाट १२ जनाले उम्मेद्वारी दिएका थिए त्यस मध्य रामेछाप बाट ६ जना प्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरूमा प्रदेशसभा खुल्ला पुरूषमा महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसी (७५३), प्रदेश प्रतिनिधि उज्जलराम घिमिरे (७०८), प्रदेश प्रतिनिधि भीमसेन बस्नेत (६६९) विजयी भएका छन् । खुलाबाट १५ जना उच्च मत ल्याउने विजयी हुनेमा रामेछापबाट उम्मेद्वारी दिएका तीनै जनाले विजय प्राप्त गरेका छन् । भूगोल पुरूषतर्फ प्रदेश प्रतिनिधि जितबहादुर मगर (९६३) विजयी भएका छन् भने उनका प्रतिस्पर्धी प्रदेश प्रतिनिधि नारायण प्रसाद भट्टराईले (७९२) मत प्राप्त गरे ।
महिलातर्फ प्रदेश प्रतिनिधि कल्पना खड्का (८२६) विजयी भइन् भने प्रतिस्पर्धी महाधिवेशन प्रतिनिधि गंगा अधिकारीले ७१९ र अर्की उम्मेद्वार महाधिवेशन प्रतिनिध रामकुमारी डाँगी (श्रेष्ठ) ले २०९ मत प्राप्त गरेकी छन् । दलित खुला सदस्यमा महाधिवेशन प्रतिनिधि बलबहादुर दमाइले जित हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी डिलबहादुर परियारले ६७८ मत ल्याए । खस आर्य महिला सदस्यमा उम्मेद्वारी दिएकी प्रदेश प्रतिनिधि शकुन्तला त्रिपाठीले ७०७ मत ल्याइन् तर विजयी हुन सकिनन् । त्यसैगरि खस आर्य खुला सदस्यका उम्मेद्वार दिएका प्रदेश प्रतिनिधि सुजन ढुंगेलले ६९४ मत ल्याएपनि विजयी हुन सकेनन् । त्यस्तै गरी जनजाती तर्फ उमेरद्वारी दिएका प्रदेश प्रतिनिधी कृष्णदास सुनुवार ले २१७ मत ल्याए । रामेछापबाट पदाधिकारीमा उम्मेद्वारी दिएका एक मात्र उम्मेद्वार महाधिवेशन प्रतिनिधि बीरबहादुर तामाङले झिनो मतले पराजित हुनुपरेको छ । जगदीश्वरनरसिंह केसीको समूहबाट सहमहामन्त्री पदमा उम्मेद्वारी दिएका तामाङ जम्मा ४ मतले पराजित भएका छन् । उनले ८३५ मत ल्याएका थिए भने विजयी हुने हरि शरण श्रेष्ठले ८३९ मत ल्याएका थिए ।