कांग्रेस नेता जोशीको निधन, देउवाद्वारा समवेदना

रामेछाप । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । नेता जोशीको शुक्रबार साँझ ८ बजेर २५ मिनेट जादा मृत्यु भएको उनका दाजु राजुराज जोशीले जानकारी दिएका छन् । गत फागुन १३ गते देखि मस्तिष्कघातको समस्या भएपछि वीर अस्पताल हुँदै उनलाई नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री साथै पूर्वसांसद पनि रहिसकेका जोशीमा मष्तिस्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । जोशीको निधनप्रति पार्टी सभापति शेर बहादुर देउवाले एक इमान्दार र निष्ठावान नेता गुमाएको भन्दै समवेदना प्रकट गरेका छन् । देउवाले सामाजिक संजालमा मार्फत नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको खबरले निकै मर्माहित भएको छु । जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।