कांग्रेस नेता जोशीको अवस्था गम्भीर

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । जोशीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । केही मिडियाले यस्तो विषयलाई लिएर आधिकारीक नबुझी गलत समाचार लेखेको पर्ती गुनासो समेत गरेका छन् ।
जोशीको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको छ । डा.झाका अनुसार जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएकोे छ । अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उहाँ आफैँले आठ÷दश पटक सास फेरि रहनुभएको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. झाले जानकारी दिनुभयो ।
मस्तिष्काघात हुँदा रक्तश्राव भइ उहाँको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीका उपचारको क्रममा फेरि समस्या आउनु स्वाभाविक परिणाम रहेको डाक्टर झाको भनाइ छ । मङ्गलवार उहाँको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको झाले बताउनुभयो ।
गत फागुन १४ गते बेहोस भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मस्तिस्कघात भएका जोशीलाई बीचमा भेन्टिलेटरबाट आइसीयूमा सारिएको भए पनि पछि फेरि स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार भइरहेको हो ।