काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले निर्वाचन आचारसंहित उल्लंघन गरेको भन्दै कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो ।
बागमति प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मत माग्ने वक्तव्य दिएकोमा त्यसको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले घोर भत्सर्ना गरेको समेत उजुरीमा उल्लेख छ । निर्वाचन आचार संहिताले मतदान हुनु पूर्व ४८ घण्टालाई मौन अवधिको समय तोकेको छ । उक्त अवधिमा निर्वाचन प्रचार प्रसार, सामाजिक सञ्जाल वा कुनै पनि विद्युतीय माध्यमबाट समेत मत माग्न निषेध गरेको छ । प्रधानमन्त्री श्री केपी शर्मा ओलीले नेकपा एमाले पार्टीको अध्यक्षको हैसियतले र शिक्षा मन्त्री श्री कृष्णगोपाल श्रेष्ठले सार्वजनिक अपिल मार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत मागेको भन्दै निर्वाचन आचार सहिताको ठाडो उलघन भएको कांग्रेसले आरोप लगाएको छ ।“निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ,” बैठकको निर्णयसहित उजुरीमा भनिएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...