ओलीको नयाँ प्रस्ताव खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक

रामेछाप । पार्टी एकताका लागी प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले नयाँ प्रस्ताव राखेपछी नयाँ प्रस्ताब बारे छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आज छलफल गर्न लागेका छन् । आज उनीहरू भर्चुअलका माध्यमबाट छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले हिजोबेलुका ६ बुँदे प्रस्तार्व झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरु संग राखेका थिए । वलीले आफू २०७५ जेठ ३ कै संरचना अनुसार पार्टी सञ्चालन गर्न तयार रहेको तर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता लिइनुपर्नेजस्ता बुँदा समावेस गरेका छन् ।
ओलीले प्रस्ताव राखेको सार्वजनिक भएपछि खनाल–नेपाल पक्षका नेता योगेश भट्टराईले सकारात्मक भन्दै प्रतिक्रिया दिएका थिए भने रामकुमारी झाँक्रीले सर्तसहित आएका प्रस्ताव फन्डा मात्रै हुन सक्ने बताएकी छन् । नेता घनश्याम भुसालले छलफल गरेपछि मात्रै सामूहिक रूपमा धारणा सार्वजनिक गर्ने बताएका छन् ।

Facebook Comments Box