एमाले रामेछापमा श्रेष्ठ अध्यक्ष पौडेल खाली

रामेछाप । नेकपा एमाले रामेछापले नयाँ पुर्नगठन गरेको कमिटीलाई मान्यता दिने भएको छ । यो संगै एमालेले जिल्ला अध्यक्षको जिम्मेवारी आनन्द श्रेष्ठलाई दिएको छ । यस अघी नेकपा एमालेको जिल्ला अध्यक्षमा शान्ती पौडेल थिए भने श्रेष्ठ सचिब थिए । एमाले र माओवादी केन्द्र एक भए संगै नेकपाको कुनैपनी जिम्मेवारी पदमा नभएका श्रेष्ठ पार्टी भित्र विवाद सुरु भए संगै शान्ती पौडेल माधब समुहमा लागेका थिए । शान्ती पौडेल माधब समुहमा लागे संगै श्रेष्ठ ओली समुहको जिल्ला अध्यक्ष भएर काम गरेका थिए । सर्वोच्च अदालतको फैसलाले एमाले ब्युँतिएसँगै नेकपा एमाले माधव कुमार नेपाल समुहको पद धमाधम खोसिने क्रम संगै रामेछापमा पनी शान्ति पौडेलको अध्यक्ष पद खास्दै अध्यक्षमा आनन्द श्रेष्ठलाई पार्टी अध्यक्ष बनाएको हो । प्रतिनिधिसभा विघटनपछि पुर्नगठन गरिएको कमिटीलाई नै एमालेले निरन्तरता दिने भएको छ ।
माधब समुहले पार्टी ब्युँतिएपछि पुरानै कमिटीलाई मान्यता दिनुपर्ने माग गरेपनि शनिवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले अहिलेकै कमिटीलाई मान्यता दिने निर्णय गरेको थियो । एमालेले जिल्ला अध्यक्ष र सचिव चयन गरेपनि पदाधिकारी र जिल्ला कमिटी भने पुर्नगठन गरेको छैन् । त्यसैगरी आठ वटै स्थानीय तह र वडा कमिटी समेत पुर्नगठन गरिसकेको छ । नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले जिल्लाभित्र नयाँ कमिटीले नै निरन्तरता पाउने बताए ।

Facebook Comments Box