आयोजनावाट कवाडी सामान सेटिङमा बिक्री गरेको भन्दै स्थानियको बिरोध

रामेछाप । माथिल्लो तामाकोशी आयोजनाको कवाडी सामान सेटिङमा बिक्री गरेको भन्दै स्थानियले बिरोध गरेको छ । कोरोना महामारी र निषेधाज्ञाको बेला राष्ट्रिय गौरवको निर्माणाधिन माथिल्लो तामाकोशी आयोजनावाट कवाडी सामान ’सेटिङमा बिक्रि भएको भन्दै स्थानीयले बिरोध गदै समान लैजान अवरोध गरेका छन् । गौरीशंकर र बिगु गाउँपालिकाका स्थानीयले बिगु गाउँपालिका ४ लादुकको भोर्ले पम्प नजिकै दुई वटा मालवाहक टेलरलाई अवरोध गरेका हुन् । उनीहरुले मंगलबार गोंगरवाट फलामे बिम (आई बिम) लिएर छुटेको ना ८ ख ६८९२, प्रदेश २–०३–००१ ख–०१६८ नम्बरको टेलरलाई भोर्ले पम्प नजिकै रोकेर लोड गरिएको सवै सामान सडकमा फालिदिएका छन् । फालिएकोे सामानलाई इलाका प्रहरी कार्यालय सिंगटीवाट खटिएको प्रहरी टोलीले हिजो विहान पुनःक्रेनको माध्यमवाट लोड गरी आयोजनास्थल गोंगरमै फर्काउन खोजेपनि स्थानीयले पुनः अवरोध गरेका छन् । आयोजनामा कार्यरत बिभिन्न कम्पनीको नाममा माथिल्लो तामाकोशीमा रहेको कवाडी सामान अन्यत्र बिक्रि गर्न लागिएकाले अवरोध गरेको स्थानीयहरुको भनाई छ । गौरीशंकर गाउँपालिकको चंखु, मार्नु, सुरी तथा बिगु गाउँपालिकाको सिंगटी क्षेत्रका युवाले गरेको अवरोध पछि सवै
सामान सडकमै छाडेर दुई वटा टेलर गन्तव्यतर्फ छुटेका छन् । ती टेलरमा नयाँ र पुराना गरी ३ हजार किलो भन्दा बढी तौल को फलामे बिमहरु रहेको बताईएको छ । कतिपय बिमहरु खिया लागेको अवस्थाका पनि रहेका छन् । टेलर चालकले सामान बिरगञ्ज लैजान लागेको बताएका छन् ।स्थानीयले ५ दिनअघि माथिल्लो तामाकोशीको बाँधस्थल लामावगर र आयोजनास्थल गोगरवाट सामान लिएर आएका ६ वटा टेलरलाई पनि अवरोध गरेका थिए । अवरोधपछि सामान सहितका सवै टेलरलाई आयोजनास्थलमै फर्काइएको थियो । यसअघि पनि १३ वटा गाडिमा माथिल्लो तामाकोशीको कवाडी सामान जिल्ला वाहिर लगिएको स्थानीयको आरोप छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले माथिल्लो तामाकोशीवाट सामान बोकेर हिडेको गाडिलाई अवरोध भएको सूचना आएपनि त्यसवारे बिस्तृत विवरण आउन बाँकी रहेको बताए । माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने आयोजनाको कवाडी सामान नभई मेकानिकल तथा ईलेक्ट्रिकल कामको जिम्मा लिएको अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले काम सकेपछि आफ्नो सामान फिर्ता लगेको प्रतिक्रिया दिएको छ । परामर्शदाता कम्पनीले प्रयोग नहुने सामान अन्यत्र लैजानका लागि सहमति दिएको र सोही आधारमा आयोजना प्रमुखले सामानको भेरिफाई गरेर लैजानका लागि पत्र दिएको उनले बताए ।

Facebook Comments Box