आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दोे उपाधि बागमती प्रदेश र नेपाल प्रहरीलाई

रामेछाप  । आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगिताको उपाधि बागमती प्रदेश र नेपाल प्रहरीले उठाउन सफल भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकामा शुक्रवार र शनिवार भएको खेलमा पुरुष तर्फ बागमती प्रदेशका रिब्शन वाइबा तामाङ र महिला तर्फ नेपाल प्रहरीकी सुस्मिता बुढा मगरले जितेका छन् ।

शनिवार सम्पन्न ५७ केजी मुनी तौल समूहको पुरुष तर्फको फाइनल खेलमा बागमती प्रदेशका रिब्सन वाइबा,आयोजक समूहका निर्मला लामा र नेपाल प्रहरीका श्रीप्रसाद बुढा मगर क्रमशः प्रथम, द्धितिय र तृतीय भएका थिए ।

त्यसै गरी ५५ केजी मुनी तौल समूहको महिला तर्फ नेपाल प्रहरीकी सुस्मिता बुढामगर,कोसी प्रदेशकी कुसुम राजवंशी र नेपाली सेनाकी निकिता धिमाल पनि क्रमशः प्रथम,द्वितीय र तृतीय भएका हुन् ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त खेलमा प्रथम,द्वितीय र तृतीय हुने महिला र पुरुष तर्फका प्रतियोगीहरूलाई क्रमशः नगद रु ५० हजार ४० हजार र ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र खाँडादेवी गाउँपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठले छुट्टा छुट्टै प्रदान गरेको रामेछाप तेक्वान्दो आइ टि एफका अध्यक्ष धनराज तामाङले बताए । रामेछाप तेक्वान्दो आइ.टि.एफको आयोजना तथा खाँडादेवी गाउँपालिका र सोही पालिकाको वडा नं ७ को सह–योजनामा २ दिन सम्म चलेको उक्त खेलकुद प्रतियोगितामा ७ वटा प्रदेश,नेपाली सेना,नेपाल आर्मी,सशस्त्र प्रहरी र आयोजक सहित ११ वटा टिमको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव श्रेष्ठ खाना सर्केर ज्यान गयो

रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको खाना सर्केर ज्यान गएको छ । नगरपालिकाका कर्मचारीहरूले आयोजना गरेको वनभोज कार्यक्रममा खाना खाने क्रममा खाना सर्केर ४८ वर्षीय स्वकीय सचिव लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । रामेछाप...

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

दुर्घटना अपडेट ः मृतक सबैको सनाखत

काठमाडौँ । यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी,सल्यान सैनिक हल ३ बस्ने कालिजंग गण गोरुसिंगे नेपाल...

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...