आजको राजनीतिक प्रमुख चुनौती र सम्भावनाहरू !

Written by meropradesh creator

३० भाद्र २०८०, शनिबार

केपी ओलीको सुखी नेपाली समृद्ध नेपाल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सुशासनको सुगा रटान अनि यी दुवैको दही चाउरे भाषणलाई मौन सहमति जनाउने शेरबहादुर देउवा यी तिनै जना असफल नेतृत्व हुन भन्न अब डराउनु पर्दैन । यिनीहरूले भ्रष्टाचारका सम्पूर्ण फाइल खोल्ने र जुनसुकै भ्रष्टाचारी र तस्करीलाई कारबाही गर्ने उद्घोष गरे पनि नेपाली जनतालाई दिक्क बनाउने भाषण मात्र हुन ।
 भ्रष्टाचारी हरूलाई  जोगाउने भित्री मनसायका साथ यस्ता सस्तो भाषण नगरे हुन्थ्यो भन्ने नेपाली जनमानसमा भइसक्या छ ।  नेपालका राजनीतिक नेताहरू सामान्य चिन्तन भन्दा माथि उठ्न सकेनन् कर्मचारी तन्त्रमा यो सामान्य चिन्तन निक्कै जरा गाडेर बसेको अवस्था छ व्यवस्था परिवर्तन गरेपनी कर्मचारी तन्त्रभित्रका सामन्त चिन्तन भत्काउन नसक्नु लोकतान्त्रिक पार्टीहरूलाई लज्जाको विषय हुनुपर्ने हो ।
 लामो इतिहास बोकेका जहानियाँ राणा शासन ढालेर आधुनिक नेपाल निर्माण गर्न र विभिन्न अधिनायकवाद सङ्ग सिँगौरी खेल्दै दर्जनौँ आन्दोलनका नेतृत्व गरेका नेपाली काङ्ग्रेस आजको अवस्था हेर्दा टिस लाग्दो र निरीह देखिन्छ । नेपाली काङ्ग्रेसले जनताका आधारभूत अबस्यक्तामा होइन मानव तस्करीमा मुछिएका बालकृष्ण खाडल कसरी जोगाउन सकिन्छ भन्ने चिन्तन बढी देखिन्छ । नेपाली काङ्ग्रेस बर्तमान सरकारमा महत्त्वपूर्ण सत्ता साझेदारीमा पनि छन् भन्ने कुरै नेपाली जनता बेखबर जस्तै छ ।
अर्को सत्ताको प्रमुख हिस्सेदार प्रधानमन्त्री पुष्पकमल दाहाल दश वर्ष जनयुद्धले खारिएका जनताका नेता हुन्न भन्ने अनुभूति नेपाली जनताले फिटिक्कै विश्वास गर्दैनन् बरु प्रचण्ड यौटा बोल्छन् काम अर्को गर्छन् भन्ने दुनियाँका सामु सर्वव्यापी मान्यता स्थापित पो होला जस्तो छ ।
भ्रष्टाचारीलाई कारबाही गर्ने कुरो हात्ती आयो हात्ती आयो फुस्स भनेजस्तै हुने अवस्था हुनु बडो दुःखद कुरा हो । यतिखेर देशमा भ्रष्टाचार मौलँदो अवस्था छ भने युवा जति विदेश पलायन भएको देख्दा र सुन्दा कहाली लाग्दो छ । यसै गरी दिनकै हजारौँ युवा पलायन हुने हो भने छिटोभन्दा छिटो यो देश बृद्दाबृद्दहरुको बास स्थान हुनेमा दुई मत नहोला । नेपाल र नेपालीहरूको भविष्य अन्धकारमय छ । यो उज्यालो उन्मुख छैन भन्ने युवा वर्गमा हुनु अत्यन्त घातक छन् । यस लाइ राज्यसत्तामा आसीन हरुले तत्काल कुनै कदम नचाले अरू भयावह हुने सन्निकट छ ।
 सामुदायिक विद्यालयमा अध्ययन गर्नेहरू उच्च शिक्षा अध्ययन गर्न असमर्थ छन् र उ अन्ततः खाडी मुलुकमा श्रम गर्न जान विवश छन् बोर्डिङ स्कुलमा अध्ययन गर्नेहरू १२ पास वा ब्याच्लर पास गरेपछि युरोपेली मुलुकमा सिफ्ट हुँदै छन् । यसले कलान्तारमा पार्ने असर भनेको धनी र गरिबको खाडल अरू भयङ्कर हुने नै हो । खाडी मुलुकमा जानेहरू थोरै ऋण तिर्ने आमाबुबालाई छोराछोरी लाई खान लाउन दिने मात्रै कमाइ हो भने युरोपेली मुलुकमा पुग्नेहरूले आर्थिक हिसाबले निक्कै उच्चो दरमा आम्दानी गर्ने देखिन्छ । त्यसैले पनि नेपालमा धनी र गरिब बिचको अन्तर धेरै फरक हुनेछ । वर्ग र जातका कुरा गर्ने समान वर्ग बनाउने धनी र गरिब बराबरको नारा दिने कम्युनिस्ट हरू २०५१ सालदेखि कुनै न कुनै रूपमा सत्तासीन भएका छन् ।
अहिले पनि सत्तासीन हुनुहुन्छ तर आफूलाई सर्वहाराको मसिहा ठान्ने कम्युनिस्ट नेताहरू सहरमा आफ्नो महल ठड्याउन व्यस्त भएको देखिन्छ । अचम्म त यो छकी रोल्पाका मगर नेताहरू चप्पल लाएर जङ्गल पसेका थिए तर उनीहरूले भन्ने गरेका दस बर्से जनयुद्ध पछि सहरमा निस्केको धेरै समय भएको छैन । छोटो समय अवधिमा अकुत सम्पत्तिको मालिक आलिसान बङ्गला करोडौँ पर्ने गाडी ऐस आराम अन्तर्राष्ट्रिय हस्पिटलमा उपचार गर्ने ल्याकत भ्रष्टाचारकै कमाइबाट हो भन्न हच्किच्याउनु पर्दैन ।
तर यिनै सर्वहाराका भावना सङ्ग  खेलेर उनिहरको बारे सोच्ने फुर्सद यति बेला नदेखिनु दुःखद कुरा हो । २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले गाउँमा ३६०० हजार सामुदायिक विद्यालयको स्थापना गरेर आम जनसमुदायको पहुँचमा शिक्षा पुर्‍याउनु जुन लोककल्याणकारी काम थियो तेस्लाइ समयानुकूल शिक्षाको गुणस्तरमा ध्यान नपुग्नु नै आजको सामुदायिक विद्यालयको हबिगत र दुर्गति हुन ।
 प्रजातन्त्रको उदय पस्च्यात  शिक्षण पेसा अङ्गालेका शिक्षकहरू गाउँमा नेतागिरी भए सङ्गठनका नाउँमा शिक्षकहरूलाई छाडा छोडे शिक्षकहरू पढाउनु भन्दा आफ्नो पार्टीको सङ्गठनमा लाग्न राजनीतिक पार्टीहरुलेनै उत्प्रेरित गरे राजनीतिक पार्टीहरू एकताका कुन मास्टर आफ्नो पार्टीमा ल्याउँदा गाउँमा आफ्नो पार्टीको सङ्गठनको वृद्धि हुन्छ भनेर होडबाजी नै चलेको थियो । २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा गाविस अध्यक्षका प्रत्याशीहरू अधिकांश शिक्षक हरुनै थिए । यस्तै विभिन्न कारण बिस्तारै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर खस्किँदै गयो भने निजी विद्यालय सञ्चालकरुले आफ्नो वर्चस्व कायम गर्न र शिक्षा बाट अकुत सम्पत्ति आर्जन लागी रहे ।
 शिक्षण पेसाको मर्यादा हिजो जस्तो आज बिलकुलै छैन शिक्षा माफियाका कारण सामुदायिक विद्यालय दिनप्रतिदिन धराशायी र खण्डहरमा परिनत हुँदै छन् । हिजो आज प्राय हरेक गाउँ सुनसान अवस्थामा छ । उर्वर खेतीयोग्य जमिन बाझो हुँदै गएका छन् । खेती गरेर बाच्न सकिन्छ भन्ने आधार यश कारण समाप्त छकी बेलैमा बीउ बिजन मल उपलब्ध हुँदैनन् किट्नासङ बिसादि निक्कै महँगो छ ।
सिचाइ उपलब्ध छैन कृषिमा राज्यले उपलब्ध गराउँदै आएको अनुदान बिचौलिया झोले किसानले झ्वाम्म गरेका छन् यस्तो विकराल अवस्थामा इमानदार किसान निराशाजनक अवस्थामा छन् । जङ्गल छेउछाउ खेतिगर्नेहरु वन्यजन्तुका कारण खेती गर्नै छाडिसके भने कृषिमा युवाहरूलाई आकर्षण गर्ने आधार तयार छैन अनि युवाजत्ती विदेश पलायन हुनुको विकल्प छैन ।
केही युवाहरू निर्माण व्यवसायमा रहेपनी कर्मचारी र नेताहरूलाई कमिसन नबुझाए सम्म कामै नपाउने अवस्था छन् गुन्डागर्दी गर्नु गुन्डागर्दी लाउनु निर्माण व्यावसायिहरुको बाध्यता हुनुपर्छ हरेक छेत्रमा बेथितिको चाङ मात्र लागेको छैन राज्यको हरेक अङ्ग निकम्मा भैसकेको अवस्था देखिन्छ । कोभिडको महामारी पश्चात् लकडाउनले थियो थियो बनाएका अर्थतन्त्र सानातिना व्यापार गरेर गुजार चलाउनेहरूको दुख विकराल अवस्थामा छ । सुधारका कुनै कार्यक्रम सरकारले ल्याउन सकेन र थुप्रै व्यापारी हरू पलायन वा आत्महत्याको बाटो समाउँदै छन् । यस्तो बेलामा सरकार भएको अनुभूति दिनुपर्ने थियो तर यतिखेर सरकार भ्रष्टाचारका फाइल सुन तस्करीका अभियोगका मतियार आफ्नै पार्टीभित्रका प्रभावशाली नेताहरूको संलग्नता खुलेपछि तीन चित परेको अवस्थामा छन् । अब भ्रष्टाचारीलाई कारबाही होइन बरु चोख्याउने काम गर्दै छन् त्यो त ललिता निवास जग्गा काण्ड बाटै प्रस्ट भइसक्यो ।
सुन काण्डले प्रचण्ड सरकारलाई नखाऊ भने दिनभरको सिकार खाऊ भने कान्छा बाउको अनुहार भएको सर्वविदितै छ । सिबिआइको अनुसन्धानले सुन तस्करीहरू प्रचण्ड आफ्नै प्रभावशाली सहयोगी नेताहरूकै वरिपरि घुमेर फन्को मारेर प्रचण्डको सुशासनका नारालाई कुरिकुरी गर्दा तिन चित परेको हुनुपर्छ यो सुन तस्करी काण्ड यस्तो अवस्थामा पुगेको छकी बरु माकुराको जालो फुकाउन सक्ला तस्करीको जालो सरकारकै टाउकोमा फनफनी बेरेको छ अनि कसरी जुइनो पत्ता लाउनु ?
अब यो सुन तस्करी काण्ड कसरी विसर्जन हुन्छ केही दिनभित्र थाहा हुनेछ त्यसैमा प्रचण्ड सरकरको आयुको निर्धारण पनि हुनेछ भ्रष्टाचार खुलेआम गर्छन् गराउँछन् भन्ने कुरा केपी ओली सदनमै सरकारलाई लल्कार्छन कि लु हाम्रो विरुद्ध कुनै भ्रष्टाचारका फाइल खोलेर देखाऊ । सरकार किनारमा बसेर ङिच्च दाँत देखाउँदै चुपचाप बस्न विवश छन् । वैदेशिक ऋण लिएर निर्माण गरेका पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेका छैनन् निकम्मा सरकार अझ रेल पानीजहाज अनेक सपनाका पुलिन्दा बाँड्न छोड्दैनन् राजनीतिक पार्टीहरू ।
 विचारमा प्रस्टता र आचरणमा शुद्धता नभएको नेताहरूले मञ्चमा बोलेका मिठा भाषणहरू नेपाली जनतालाई गिज्याउने विषय बनिरहेका यथार्थ चित्रण कति लेख्नु ? हजारौँ साहदाता लाखौँ जनताको रगतले सिञ्चित यो प्राप्त लोकतन्त्र सीमित नेताहरू र उसको परिवार को मात्र हालीमुहाली हुनु लज्जाको विषय हो । त्यसैले हरेक राजनीतिक पार्टी अब रूपान्तरण अनिवार्य हुनुपर्छ पार्टी भित्रका सामन्त चिन्तन बोकेर बसेका पुराना निकम्मा नेताहरूलाई गलहत्त्याउनुको विकल्प छैन । चुनाव देखि चुनाव सम्मको गोल चक्कर लगाउने यो पुरानो चलनलाई क्रमभङ्ग गर्नका लागि शासकीय सोरुपमा फेरबदल गर्न सक्ने नयाँ योजना नयाँ भिजनका साथ नैतिक र चरित्रवान् युवा नेताहरूले पार्टीमा हस्तक्षेप गर्न ढिला गर्नुहुन्न बर्सौँ देखि भ्रष्टाचार तथा सुविधा भोगी कर्मचारी तन्त्र भित्र आमूल परिवर्तन गर्न सक्ने छेमतवान युवा नेतृत्व आजको आबस्यक्ता हो ।
किन कि देशले यो स्थितिलाई धेरै समयसम्म धान्न सक्दैनन् र अन्ततः कुनैपनकी लेबलको अधिनायकवाद जन्मिन सक्ने सम्भावनालाई नकार्न सकिन्न युवा नेहरुले बेलैमा यतातिर नजर लाउन जरुरी छ । व्यवस्था बदलेर अवस्था नबदल्ने नेताहरूको सङ किर्ना सोच अनि लोकतन्त्रलाई आफ्नै परिवार वरिपरि राखेर राज्य दोहन गर्ने साधन ठान्ने सामन्त नेताहरूलाई जनताको कठघरामा उभ्याउन सक्ने तागत भएको युवा नेताको खाँचो छ यतिखेर  ।
आर्थिक रूपमा सामाजिक रूपमा साँच्चिकै रूपान्तरण भाषणमा सीमित हुनुहुन्न यथार्थमा साँच्चिकै रूपान्तरण अनिवार्य छ । विदेशमा पलायन लाखौँ युवाहरूलाई स्वदेश फर्काउनु चुनौती सामना गर्ने तागत मात्रै होइन दिनप्रतिदिन अराजक हुँदै गएको कर्मचारी तन्त्रलाइ सुधार गर्ने छेमता अनिवार्य हुनुपर्छ युवा नेताहरूमा । कर्मचारी तन्त्रभित्र अहिले यस्तो अवस्थामा पुगेको अनुभूति छकी भर्खरै माइजोगमाइ गाउँपालिका प्रशासकीय प्रमुख र लेखा अधिकृत २७ असारमा कार्यालय भित्रै जुन अश्लील हरकत भिडियो भाइरल भयो १३ साउनमा झापा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बर प्रसाद निरौला सरकारी क्वाटरमा महिला सङ्ग अश्लील हरकत भिडियो भाइरल भएको थियो यसले दिनप्रतिदिन कर्मचारी अराजक र नैतिक पतन उन्मुख देखिन्छ ।
वर्तमान प्रचण्ड सरकारमा यस्ता नैतिक पतन कर्मचारीलाई कारबाही गर्ने तागत देखिन्न । पैतृक सम्पत्तिलाई अङ्सियारिले जस्तै कित्ताकाट गरेर भागबन्डामा देश चलाउने आजको यो मोडेल पूर्ण असफल सिद्ध भैसकेको छ । अदालतमा न्यायाधीश भागबन्डा कूटनैतिक राजदूतमा भागबन्डा भन्सारमा भागबन्डा सिडिओमा कुन जिल्लामा कसको मान्छे भागबन्डा छेमयतामा आधारित होइन आफ्नो मान्छे ल्याउने लाने सेटिङ्मा देश चलाउने यो अब कदापि सैहेको विषय हुनै सक्दैनन् । कि सच्चिने कि सकिने ठाउँमा उभिएको छन् नेतृत्वहरू यति बेला तर यिनीहरू सच्चिने भन्दापनी सकिने उद्धत देखिन्छन् । नेपाली काङ्ग्रेसको वर्तमान सभापतिको टिम सामन्त चिन्तनले अभिप्रेरित देखिन्छ उस प्रति अब नेपाली जनता र आम कार्यकर्ता भरोसा गर्दैनन् अलिकति आसको केन्द्र भन्या वरिष्ठ नेता शेखर कोइरालाको टिम र वर्तमान महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रति देखिन्छ उहाँ हरूको आचरण र काम गर्ने सलीले थोरै भए पानी आसा सञ्चारण गरेको अनुभूति छ । समग्रमा सम्पूर्ण राजनीतिक पार्टी भित्र छिटोभन्दा छिटो रूपान्तरणका आवाज बुलन्द जरुरी छ सम्पूर्णमा चेतना भया ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नगरप्रमुख नकर्मीको निधन ( कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

नगरप्रमुख नकर्मीको निधन ( कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

काठमाडौंको । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गए राति उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भएको हो । नगरप्रमुख नकर्मीको निधन भए संगै किर्तिपुर नगरपालिकालु शोक बक्तव्य जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले नगरपालिका भर...

रामेछापमा पहिरोका कारण तीन किशोरीको ज्यान गयो

रामेछापमा पहिरोका कारण तीन किशोरीको ज्यान गयो

रामेछाप । पहिरोका कारण गोकुलंगा गाउँपालिका–६ फर्पुमा एकै घर परिवारका तीन किशोरीको ज्यान गएको छ । बिहीबार साँझ आएको अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुरिँदा विमान तामाङकी एक छोरी र दुई नातिनीको ज्यान गएको वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो...

विमान दुर्घटना ( मृतकको शव परीक्षण सुरु, एउटा शव चिन्न चार घण्टा लाग्ने

विमान दुर्घटना ( मृतकको शव परीक्षण सुरु, एउटा शव चिन्न चार घण्टा लाग्ने

काठमाण्डौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाहरूको शव परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु भएको हो ।अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चारवटा शव परीक्षण...