रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराती भएको आगलागीमा परी एकै घरका श्रीमान् र श्रीमतीको ज्यान गएको छ ।
गएराती करिव १२ वजे भएको आगलागीमा परी मनोहर कार्कीका बुबा वर्ष ७८ का धनवहादुर कार्की र आमा वर्ष ६८ की सिता कार्कीको आगोले जलेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए ।
उनका अनुसार–ढुङ्गा माटोले बनेको दुुईतले घरमा राती अकस्मात आगलागी भएपछि छोरा वर्ष ३५ का मनोहर कार्की उनकी श्रीमती वर्ष ३२ कल्पना कार्की र ३ वर्षिय छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हामफालेर बाँच्न सफल भएको प्रहरी नायव उपरिक्षक ढुगानाले बताए ।
राती अकस्मात घरमा लागेको आगो निभाउन स्थानिय र वाम्ती प्रहरी चौकीवाट गएको प्रहरी टोलीले आगो निभाउन नसक्दा घर पूर्णरुपमा क्षती भएको छ । घरमा के कती क्षती भयो र आगलागी कसरी भयो भन्ने बिषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घटनापछि मृतक धनवहादुर र उनकी श्रीमती सिताको शव खनेर निकालीको छ । मृतकको शवको मुुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि दोलखाको जिरी वा सदरमुकाम मन्थली कता लाने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।
स्थानियहरुले राती घटनाको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली राती नै घटनास्थल पुुगेको थियो । घटनास्थल पुुगेको प्रहरी प्रवक्ताको टोलीले स्थलगत मुचुल्का उठाउने र शव पोष्टमार्टमको लागि पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।