अवैध रुपमा बुद्धचित्त लैजाने प्रहरीको नियन्त्रणमा

रामेछाप । अवैध रुपमा ३५ किलो बुद्धचित्त लैजादै गर्दा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी लुभुघाटबाट खटिएको संयुक्त टोलीले खैरेनीघाट नाकामा चेकजाँच गर्ने क्रममा अवधै रुपमा लैजान लागिएको बुद्धचित्त बरामत गरेको हो । सुनापति गाउँपालिकामा उत्पादीत बुद्धचित्तको दाना अवैध रुपमा काभ्रेतर्फ लैजादै गर्दा खैरेनीघाट नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए ।
बुद्धचित्तको दाना राजश्व नबुझाई अवधै रुपमा निकासी गरेको भन्दै बुद्धचित्तको माला सहित दुई वटा मोटरसाइकलसहित चार जनालाई प्रहरीले पक्राउ गरी जिल्ला बन कार्यालयलाई जिम्मा लगाएको डिएसपी ढुंगानाले बताए ।
पक्राउ पर्नेहरुमा काभ्रे तेमाल गाउँपालिका–९ का दुप्सन थोकर, सोही गाउँपालिकाका ३१ बर्षिय धिरज तामाङ, ३५ बर्षिय रविन लामा, २८ बर्षिय जगत तामाङ र ६० बर्षिय दमाईसिंह तामाङ रहेका छन् । बुद्धचित्तको दाना पाँच मुखे सात मुखे दाना भएको अवस्थामा एउटै दानाको पाँचदेखि साता लाख रुपैयाँसम्म पर्ने गरेको छ ।