अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस सम्पन्न ।

Written by meropradesh creator

२९ माघ २०७७, बिहीबार

काठमांडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३० औं स्थापना दिवस सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि मार्फत राज्यको पहिचानलाई अन्तराष्ट्रय क्षेत्र पु¥याउने कार्यमा राजनीति, प्रशासन र आम नागरिकहरु सबैको भूमिका रहने तथा यस कार्यमा आयोगलाई सबैले सहयोग गर्नु पर्ने कुरा समेत व्यक्त गर्नु भयो ।
साथै भ्रष्टाचार र अख्तियारको दुरुपयोग विरुद्ध परेका उजुरीको छानविन आयोगले विगतमा झैं निष्पक्षता, तटस्थता र निर्भिकतालाई मूलमन्त्र मानी गर्न समेत अनुरोध गर्नु भयो । आयोगले राज्यलाई सुशासन र समृद्धिको मार्गमा सफलतापूर्वक अघि बढ्न महत्वपूर्ण योगदान दिन सक्ने भन्दै आयोगलाई आगामी दिनमा अझ सशक्त रुपमा अगाडी बढ्न शुभकामना समेत व्यक्त गर्नुभयो ।


समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले “समृद्ध नेपाल, सुखी नेपाली” को आकांक्षा पूरा गराउन लोकतान्त्रिक, सभ्य, सुशासनयुक्त र सामाजिक न्यायसहितको समाज निर्माण गर्न आवश्यक रहेको र यसका लागि राज्यका सबै निकायहरू उत्तिकै जिम्मेवार भई अगाडी बढ्नुपर्ने कुरा उल्लेख गरे ।“भ्रष्टाचार साझा शत्रु” भन्दै यसप्रति राज्यले शून्य सहनशीलताको नीति अवलम्वन गर्नुपर्ने र यसका लागि प्रत्येक व्यक्ति भ्रष्टाचारजन्य प्रवृतिवाट मुक्त हुनुपर्ने कुरा बताएका छन् । भ्रष्टाचार गरी कार्वाही गर्नु भन्दा भ्रष्टाचार नै हुन नदिन तथा आयोगले दायर गर्ने मुद्दामा निर्भिक, निडर र निष्पक्ष छानविन, अनुसन्धान र तहकिकात गरी असफल नहुने गरी कार्य गर्नुपर्ने कुरामा जोड दिए । प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा आयोगले गरेको सकारात्मक कार्यको प्रसंशा गर्दै यसका लागि सरकारका तर्फवाट आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको कुरा समेत स्पष्ट पारे । सरकारले कुनै पनि स्वतन्त्र निकायहरूलाई काम गर्ने क्रममा हस्तक्षेप नगर्ने बताउँदै प्रधानमन्त्रीले आयोगलाई स्वतन्त्र र निष्पक्ष भई काम गर्ने गरी भ्रष्टाचार बिरूद्धको अभियानमा अझ थप सफलता मिलोस भनी शुभकामना समेत व्यक्त गरेको छ ।
त्यस्तै कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगका विगतका सफलता कार्यहरू उल्लेख गर्दै आयोगको सुझाव र निर्देशन पालना गर्दै सार्वजनिक सेवा प्रवाह गर्ने अग्रभागका कार्यालयहरुमा अनलाईन सेवाको शुरुवात भई सेवाग्राही सहजीकरणका पद्दतिको अनुशरण हुन थालेको बताए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...