प्रशासकिय अधिकृत पैकारा द्धारा युवती कर्मचारी माथी जर्वजस्ती

Written by meropradesh creator

२७ माघ २०७८, बिहीबार

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका प्रितीका निमित्त प्रमुख प्रशासयिक अधिकृत दिपेन्द्र पैकाराले सोही पालिकाको स्वास्थ्य शाखामा कार्यरत अ.न.मी सिता राई (नाम परिर्वतन) कर्मचारीलाई जर्वजस्ती गर्न खोजेपछि ती युवती तीन महिना देखी कार्यालयमा हाजिर हुन सकेकी छैनन् ।
लोकसेवा आयोगबाट अ.न.मी पदमा नाम निकालेर रामेछापको उमाकुण्ड गाउँपालिकामा पदास्थापना भएकी एक युवतीलाई उक्त पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पैकाराले पालिकामा नै राखेर जर्वजस्ती गर्दै मसँग विवाह गर्नुपर्छ भन्दै दवाव दिएपछि ती युवती कार्यालयमा हाजिर हुन नसकेकी हुन् ।
शुरुमा लोकसेवा आयोग पास गरेका सिता लगाएत उनका केही साथीहरु समेत उमाकुण्ड गाउँपालिकामा काम गर्ने गरी आयोगले पठाएको थियो । आयोगको सिफारिस अनुसार उमाकुण्ड गाउँपालिकामा हाजिर भएकी उनलाई पालिकाका प्रमुख प्रशासिकय अधिकृत पैकाराले गिद्धे आँखा लगाएर उनलाई पालिकामा नै राखेर सिता सँगै आएका अन्य साथीहरुलाई पालिकाको विभिन्न वडामा रहेका स्वास्थ्य शाखामा खटाएका थिए ।
केहीदिन पालिकामा नै काम काज गर्दै आएकी सितालाई निमित्त अधिकृत पैकाराले उनी वसेको कोठामा राती राती जाने, टेलिफोन र म्यासेज गर्ने र आफुसँग रात नबिताए जागिर नै खाइदिने भन्दै धम्काउने लगाएतका कार्यहरु गर्दै गएपछि स्वास्थ्य शाखामा कार्यरत सिता विगत तीन महिना देखी कार्यालयमा हाजिर हुन नसकेकी हुन ।
आफ्ना अभिभाबकहरुले सरकारी जागिरमा नाम निकालेपछि बाचुन्जेल सहज र सरल तरीकाले जागिर खान पाइने अभिलाषाका साथ विद्यालयको अध्ययन र स्वास्थ्यको पढाई सकेर सरकारी जागिरमा होमिएकी उनी जागिर खाएको केहीदिनमा नै आफ्नो लागि कार्यालय प्रमुख अभिषाप बनेको पिडीत कर्मचारी सिताले जानकारी दिइन ।
उनले भनिन्– मलाई कार्यालयमा हाजिर हुँदा देखी नै रातभरी फोन गर्ने, विभिन्न म्यासेज गर्ने, राती कोठामा सुत्न आउँछु भन्ने जस्ता धेरै म्यासेज आयो । मैले शुरुमा त हाकिमको कुनै रिप्लाई नै दिइन । म्यासेज गरेको भोलिपल्ट कार्यालयमा हाजिर हुन जाँदा हाजिर कपी नै नदिने, राती कोठामा आउन दिने भए मात्रै हाजिर गर्न दिन्छु भन्ने जस्ता विभिन्न तुच्छ शव्द प्रयोग गर्ने गरेको ती कर्मचारीले बताइन ।
प्रशासकिय अधिकृत पैकाराले कर्मचारी सितालाई त म सँग विवाह गर नत्र भने तेरो जागिर नै खत्तम पारिदिन्छु भन्दै धम्क्याउने, रातभर टेलफोन गरेर तनाव दिने, पालिकाको सबैभन्दा दुरदराजको वडामा खटाइदिन्छु त मरेको पनि घरपरिवारलाई थाहा नै हुदैन भन्ने, अन्य विभिन्न म्यासेज गरेर हैरान गर्न थालेपछि उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सिता असोज महिना देखी कार्यालयमा हाजिर हुन जान नसकेको बताइन ।
निमित्त प्रशासकिय अधिकृत पैकाराले ती कर्मचारीका आफन्तसँग मेरो र उसको इन्गेजमेन्ट भइसकेको छ भन्ने कहिले मैले उसलाई राखी सकेको छु भन्ने लगाएतका विभिन्न अश्लिल शव्द प्रयोग गर्दै उनका आफन्तलाई म्यासेज गरीदिने लगाएतको वेइज्यत गरेपछि सिता कार्यालयमा हाजिर हुन नसकेकी हुन् । कार्यालय जान छाडेकी सितालाई घरमा वस्दा पनि राती २÷३ वजे म्यासेज गर्ने फोन गर्ने मन लाग्दी बोल्ने लगाएतका कार्यहरु अहिले पनि प्रशासकिय अधिकृतले गर्दै आएको पिडीत सिताले बताइन ।
उनले भनिन्– म एक विवाहित युवती हुँ, म जागिर खान यहाँ आएको हुँ भन्दा पनि प्रमुख प्रशासकिय अधिकृतले म त सँग विवाह गर्ने हो, यदी मानिनस् भने तलाई म जे पनि गर्छु भन्दै धम्क्याउने, राती राती कोठामा आउँछु भन्ने लगाएतका कार्य गरेपछि आफुले वाध्य भएर जागिर छोड्नु पर्ने अवस्था सिर्जना भएको हो । मलाई अहिले पनि डर लागिरहेको छ । जतिखेर पनि मलाई मार्न सक्छ त्यसैले मेरो नाम समाचार लेख्खा नछाप्नु होला, भरसक मलाई अन्यत्र सरुवा हुनको लागि सहमती दिए म अन्यत्र जिल्लामा गएर जागिर खान सक्थे की ? त्यही जिल्ला र सोही पालिकामा म काम गर्न सक्ने अवस्थामा आफु नभएको उनले बताइन ।
पालिकामा कार्यरत महिला कर्मचारी माथि प्रमुख प्रशासकिय अधिकृत पैकाराले गरेको हर्कतको बिषयमा पालिका प्रमुख शेरवहादुर सुनुवारसँग सम्र्पक गर्दा उनले आफुले प्रदेशका मुख्य सचिवको सचिवालयबाट टेलिफोन मार्फत जानकारी आएपछि मात्रै आफुले थाहा पाएको बताए । उनले भने– पालिकामा कार्यरत कर्मचारीले मलाई शुरुमा केही जानकारी नै गराएनन् । प्रदेश स्वास्थ्य मन्त्रालय वाट मैले आफ्नो पालिकामा कार्यरत कर्मचारीको बिषयमा सुन्नु दुःखद भएको प्रमुख सुनुवारले जानकारी दिए । गाउँपालिकाको नाम बदनाम हुने गरी जुन कुरा आएको छ यस बिषयमा आफु गम्भिर भएकाले कर्मचारीलाई आवश्यक सोधपुछ गर्ने र दुईजनालाई आवश्यक कार्वाहीको लागि मन्त्रालयमा लेखी पठाउने पालिका प्रमुख सुनुवारले बताए ।
महिला कर्मचारीमाथि प्रमुख प्रशासकिय अधिकृतले गरेको हर्कतले सिङ्गो गाउँपालिकाकै बेइज्यत भएको सो गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कुमारी वस्नेतले जानकारी दिइन । उनले भनिन्– एक महिला कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृतले गरेको यो व्यवहार सहि नसक्नु छ । मलाई ती पिडीत कर्मचारी र उनका परिवारले समेत सबै कुरा बताएका छन् । म यस बिसयमा गम्भिर भएर लागेको र प्रमुख प्रशासकिय अधिकृत पैकारालाई कानुन अनुसारको कारवाहीको लागि सिफारिस आफैले गर्ने उपप्रमुख बस्नेतले बताइन ।
महिला कर्मचारी माथि गरेको अभद्र व्यवहारको बिषयमा निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पैकारासँग सम्र्पक गर्दा उनले आफुहरु बिच सहमतीमै कुरा भएको भएता पनि उनका परिबारको करकापले अन्तै विवाह गरेकाले कार्यालयमा हाजिर हुन नसकेको बताए । उनले भने– कार्यालयमा हाजिर नभएसम्म अन्यत्र सरुवा भएर जाने सहमती पत्र दिन मिल्दैन, म कार्यालयमा नआएसम्म उसलाई सहमती पत्र दिन्न ।

      

      

      

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनीलाई सात दिनको अन्तिम अल्टिमेटम दिएका छन् । नेपालमा कानुनीरूपमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने उनको चेतावनी छ । शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय सूचना आयोगको विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा...

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

कांग्रेसले भन्यो – सरकार ढाल्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने काम भइरहेको छ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकार ढाल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेस रहेसम्म वर्तमान सरकारलाई कुनै असर नपर्ने भन्दै सरकार ढाल्ने हल्ला चलाएर...

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जोशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जोशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना...